उत्तरी गोरखामा भीरबाट खसेर दुई जनाको मृत्यु « Khabarhub

उत्तरी गोरखामा भीरबाट खसेर दुई जनाको मृत्यु


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

गोरखा– उत्तरी गोरखाको एक दुर्गम गाउँमा भीरबाट खसेर दुई जनाको मृत्यु भएको छ । चुमनुब्री गाउँपालिका–६ धुम्चेका करिब ४३ वर्षका रिञ्जिन लामा र सिप्चेतका करिब ४२ वर्षका हिसेदोर्जे लामाको भीरबाट खसेर मृत्यु भएको हो । 

चुम्लिङ र सिप्चेतको बीचमा पर्ने धादाङकोक भन्ने ठाउँको भीरबाट करिब एक सय मिटर तल स्यारखोलामा खसेर उनीहरूको मृत्यु भएको मृतकका आफन्त नुर्बु दोर्जेले बताए। 

‘आइतबार चुम्लिङमा विद्युत् समितिको बैठक भएको थियो, बैठकबाट फर्कने क्रममा रिञ्जिन लामा हराउनुभएको थियो, उनको शव आज विहान गाउँलेले भेटेका थिए’, उनले भने। 

रिञ्जिनको शव हिसेदोर्जेले भेट्टाएका थिए । उनको शव लिएर लिएर खोलातर्फ जाने क्रममा बिहीबार बिहान ९ बजेतिर सोही ठाउँबाट खरेस हिसेदोर्जेको मृत्यु भएको हो । 

प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए। 
 

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ७ : १४ बजे

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले