कोरिया पठाइदिने भन्दै रु एक करोडभन्दा बढी ठगी गर्ने पक्राउ « Khabarhub

कोरिया पठाइदिने भन्दै रु एक करोडभन्दा बढी ठगी गर्ने पक्राउ


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पठाइदिने भन्दै रु एक करोड आठ लाख ३० हजार ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउपर्नेमा ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–१ नक्सालबस्ने ३८ वर्षीय साहारा सुब्बा (थेवे) रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनले भने, “दीपक थापा समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी साहारा सुब्बा (थेवे) भएको वैदेशिक रोजगार ठगीसम्बन्धी कसूर मुद्दामा वैदेशिक रोजगार विभाग ताहाचलबाट पक्राउ गरी उपस्थित गराइदिने पत्र प्राप्त भएपछि निजलाई ललितपुर हरिसिद्धिबाट पक्राउ गरिएको हो ।”

पक्राउ परेका निज सुब्बा (थेवे)लाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि आज वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले बताए ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  १० : २५ बजे

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं