शान्ति समाजले भन्यो- केपी ओली र रमेश लेखकलाई तत्काल कारबाही थाल « Khabarhub

शान्ति समाजले भन्यो- केपी ओली र रमेश लेखकलाई तत्काल कारबाही थाल


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मानव अधिकार तथा शान्ति समाजले गत भदौ २३ र २४ गतेको जेन–जी प्रदर्शनका क्रममा अन्धाधुन्ध गोली चलाएर निहत्था नागरिकको हत्यामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक मुख्य दोषी रहेको भन्दै कारबाही माग गरेको छ।

आइतबार एक विज्ञप्ति जारी गर्दै समाजले दुवैमाथि कानुनी कारबाही थाल्न र जनधनको अपार क्षति सम्बन्धमा उच्चस्तरीय न्यायिक छानबिन आयोग माग गरेको छ ।

त्यस आन्दोलनका क्रममा राज्यका विभिन्न धरोहरसहित सार्वजनिक सम्पत्ति, प्रेस तथा नागरिकका निजी सम्पत्तिमा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्नमाथि पनि दण्डको माग गरिएको छ ।

‘स्मरणीय छ, आन्दोलनरत पक्ष स्वयम्ले घुसपैठका कारण त्यस्ता घटना घटेको बताइसकेको सन्दर्भमा त्यस्ता आपराधिक कृत्यमा संलग्नहरुको पहिचान र कारबाही हुन सकेन भने भविष्यमा त्यो प्रवृत्ति संस्थागत भएर जाने र बारम्बार राष्ट्र र समाजलाई पिरोल्ने खतरा रहेको छ,’ समाजले भनेको छ।

समाजले राज्यको ढुकुटी दोहन गर्दै पूर्वविशिष्टलाई उपलब्ध गराउँदै आएको सेवा-सुविधा कटौती गर्न, ध्वस्त संरचना पुनर्निर्माणका लागि सबै क्षेत्रबाट योगदान र पुनर्निर्माण मन्त्रालय बनाई आगामी दशकलाई पुनर्निर्माण दशक घोषणा गर्न, प्रहरीलगायत नागरिक प्रशासन तत्काल सुचारु गरी सेवा प्रवाह चुस्त दुरुस्त बनाउन भनेको छ ।

यस्तै, विगतमा संवैधानिक, न्यायिक निकायमा राजनीतिक–दलीय भागबण्डाका नियुक्ति पाएकालाई मार्ग प्रशस्त वा पदमुक्त गराउन पनि समाजले भनेको छ । अर्कातिर अन्तरिम सरकारले स्वतन्त्र, निष्पक्ष र भयरहित रुपमा निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण पनि भनिएको छ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  १२ : १४ बजे

फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

थारू बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज– दसैँ पर्वका अवसरमा बाँकेका थारू गाउँबस्तीमा परम्परागत सखिया नाचको

घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ– बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८

दसैँको अवसरमा शीतल निवासमा कन्या पूजा, राष्ट्रपतिले दिए उपहार

काठमाडौँ ‍- राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम