शान्ति समाजले भन्यो- केपी ओली र रमेश लेखकलाई तत्काल कारबाही थाल « Khabarhub

शान्ति समाजले भन्यो- केपी ओली र रमेश लेखकलाई तत्काल कारबाही थाल


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मानव अधिकार तथा शान्ति समाजले गत भदौ २३ र २४ गतेको जेन–जी प्रदर्शनका क्रममा अन्धाधुन्ध गोली चलाएर निहत्था नागरिकको हत्यामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक मुख्य दोषी रहेको भन्दै कारबाही माग गरेको छ।

आइतबार एक विज्ञप्ति जारी गर्दै समाजले दुवैमाथि कानुनी कारबाही थाल्न र जनधनको अपार क्षति सम्बन्धमा उच्चस्तरीय न्यायिक छानबिन आयोग माग गरेको छ ।

त्यस आन्दोलनका क्रममा राज्यका विभिन्न धरोहरसहित सार्वजनिक सम्पत्ति, प्रेस तथा नागरिकका निजी सम्पत्तिमा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्नमाथि पनि दण्डको माग गरिएको छ ।

‘स्मरणीय छ, आन्दोलनरत पक्ष स्वयम्ले घुसपैठका कारण त्यस्ता घटना घटेको बताइसकेको सन्दर्भमा त्यस्ता आपराधिक कृत्यमा संलग्नहरुको पहिचान र कारबाही हुन सकेन भने भविष्यमा त्यो प्रवृत्ति संस्थागत भएर जाने र बारम्बार राष्ट्र र समाजलाई पिरोल्ने खतरा रहेको छ,’ समाजले भनेको छ।

समाजले राज्यको ढुकुटी दोहन गर्दै पूर्वविशिष्टलाई उपलब्ध गराउँदै आएको सेवा-सुविधा कटौती गर्न, ध्वस्त संरचना पुनर्निर्माणका लागि सबै क्षेत्रबाट योगदान र पुनर्निर्माण मन्त्रालय बनाई आगामी दशकलाई पुनर्निर्माण दशक घोषणा गर्न, प्रहरीलगायत नागरिक प्रशासन तत्काल सुचारु गरी सेवा प्रवाह चुस्त दुरुस्त बनाउन भनेको छ ।

यस्तै, विगतमा संवैधानिक, न्यायिक निकायमा राजनीतिक–दलीय भागबण्डाका नियुक्ति पाएकालाई मार्ग प्रशस्त वा पदमुक्त गराउन पनि समाजले भनेको छ । अर्कातिर अन्तरिम सरकारले स्वतन्त्र, निष्पक्ष र भयरहित रुपमा निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण पनि भनिएको छ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  १२ : १४ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा