नेपाली क्रिकेट टोलीलाई यूएईले दियो भिसा, सोमबार उड्ने « Khabarhub

नेपाली क्रिकेट टोलीलाई यूएईले दियो भिसा, सोमबार उड्ने


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वेस्ट इन्डिजविरुद्ध युनिटी कप टी–२० आई खेल्न जाने नेपाली क्रिकेट टोलीले यूएई सरकारबाट भिसा पाएको छ।

संयुक्त अरब इमिरेट्स (यूएई)ले तीन खेलको यो शृंखला शारजाह क्रिकेट स्टेडियममा खेल्न जाने नेपाली टोलीका लागि आइतबार भिसा दिएको हो ।

आगामी सेप्टेम्बर २७ देखि ३० सम्म हुने यो प्रतियोगिताको टोली क्यानले घोषणा गरिसकेको छ ।

प्रतियोगिता खेल्न नेपाली टोली शुक्रबार युएई जाने कार्यक्रम थियो। तर, जेन-जी आन्दोलनका नाममा नेपालमा व्यापक विध्वंशपछि यूएईले नेपालीलाई भिसा दिन अस्वीकार गरेको थियो ।

त्यसको असर नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई पनि परेको थियो । अन्योलबीच आइतबार भिसा प्राप्त भएको क्यानका प्रवक्ता छुम्बी लामाले वक्तव्यमार्फत् जानकारी दिएका छन् । अब नेपाली टोली वेस्ट इन्डिजविरुद्धको सिरिजका लागि सोमबार यूएईतर्फ जाने छ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  २ : ११ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको