चीनको चियुवानमा पहिलो ‘महान् संस्कृति तथा कला सप्ताह’ सुरू « Khabarhub

चीनको चियुवानमा पहिलो ‘महान् संस्कृति तथा कला सप्ताह’ सुरू


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

चियुवान, चीन – चीनको चियुवान शहरमा पहिलो पटक आयोजना गरिएको ‘महान् संस्कृति तथा कला सप्ताह’ र ‘बाँदर राजा प्रतियोगिता’ सुरु भएको छ।

‘चीनको बाँदर पर्वत, चियुवानको सांस्कृतिक शोभा’ नारासहित सुरु गरिएको यस सप्ताहले चिनियाँ परम्परागत संस्कृतिको उत्थान, चियुवानको सांस्कृतिक–पर्यटन ब्रान्ड प्रवर्द्धन र ‘हनान घुमौं, चीन बुझौं’ अभियानलाई ऊर्जा दिने उद्देश्य राखेको छ।

उद्घाटन समारोहमा बाँदर नाच, युद्धकला र नृत्यका आकर्षक प्रस्तुतिहरू देखाइएको छ ।

करिब ३०० जना ‘सुन्दर बाँदर राजा’ प्रतिस्पर्धीहरूको सामूहिक उपस्थिति दर्शकका लागि मुख्य आकर्षण थियो। कार्यक्रममा चीन–नेपाल सांस्कृतिक दूत तथा प्रसिद्ध कलाकार लियु स्याओलिङथोङ पनि सहभागी थिए।

कार्यक्रमको विशेषता चीनको बाँदर पर्वत र नेपालको स्वयम्भूनाथ बाँदर मन्दिरबीच गरिएको भिडियो सांस्कृतिक संवाद रह्यो। यस संवादमार्फत् दुई देशबीच ‘वानर’ प्रतीकको साझा आध्यात्मिक सम्बन्धलाई प्रकाश पारिएको थियो।

नेपालका पूर्वराजदूतहरूले पनि कार्यक्रममा शुभकामना सन्देश पठाए। पूर्व राजदूत लीलामणि पौडेलले बुद्ध, कन्फ्युसियस र महामञ्जुश्री जस्ता ऐतिहासिक व्यक्तित्वहरूले दुई देशबीचको सम्बन्ध मजबुत बनाएको उल्लेख गर्दै मित्रता अझ गहिरो बनाउन निरन्तर प्रयास आवश्यक भएको बताए।

पूर्वराजदूत टंक कार्कीले मञ्जुश्री बोधिसत्वको नेपाल भ्रमणको किम्वदन्ती र चिनियाँ यात्री फासियान तथा ह्वेनसाङका ऐतिहासिक भ्रमणहरूले सम्बन्धलाई ऐतिहासिक गहिराई दिएको बताए।

पूर्वराजदूत विष्णुपुकार श्रेष्ठले सुन वुकोंगको लोकप्रियता नेपालमा समेत रहेको र यसले जनस्तरमै सम्बन्धलाई बलियो बनाएको धारणा राखे।

यसैगरी धुलिखेल नगरपालिकाका पूर्व उपमेयर सुवासकाजी श्रेष्ठले स्वयम्भूनाथ महाचैत्य र चीनको बाँदर पर्वतलाई २५०० वर्षको बौद्ध ज्ञानको प्रतीक बताउँदै बाँदरले मानव, प्रकृति र आध्यात्मिकताको सन्तुलन जनाउने टिप्पणी गरे।

कार्यक्रममा ‘पश्चिम यात्रा सांस्कृतिक आदानप्रदान केन्द्र’को उद्घाटनसमेत गरियो। त्यस्तै लियु स्याओलिङथोङले सुन वुकोंगको पोशाकमा ३०० जना बाँदर राजासँगै विश्व कीर्तिमान कायम गरेका थिए। सप्ताहव्यापी महोत्सव सेप्टेम्बर २७ सम्म चल्नेछ।

यस अवधिमा लोककथा, कला प्रदर्शन, अन्तर्राष्ट्रिय संवाद, विद्यालयस्तरीय कार्यक्रम र सांस्कृतिक–पर्यटन प्रवर्द्धनका गतिविधि हुनेछन्। आयोजकहरूले यस महोत्सवले चियुवानलाई सांस्कृतिक नवप्रवर्तन र आदानप्रदानको केन्द्रका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  २ : ४६ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको