नख्खु कारागारबाट भागेका कैदीले घर पुगेर गरे श्रीमतीको हत्या « Khabarhub

नख्खु कारागारबाट भागेका कैदीले घर पुगेर गरे श्रीमतीको हत्या


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.7k
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– गत भदौ २४ गते ललितपुरको नख्खु कारागार तोडेर भागेका एक जना कैदीले आइतबार घर पुगेर पत्नीको हत्या गरेका छन् ।

जेन-जी आन्दोलनका क्रममा सहकारी ठगीमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निस्किएपछि भागेका ती कैदीले पत्नीको हत्या गरेका हुन् ।

काभ्रेको पनौती नगरपालिका–१२, गागल निवासी ३५ वर्षीय सन्तबहादुर तामाङले ३० वर्षीया पत्नी मनिषा घ्यावा तामाङको हत्या गरेको वडाध्यक्ष जयराम केसीले बताएका छन् ।

सन्तबहादुर जबरजस्ती करणी मुद्दामा नख्खुमा जेल सजाय काटिरहेका थिए । उनी जेन-जी आन्दोलनका क्रममा अन्य ७ सय कैदीसहित नख्खु कारागारबाट भागेका थिए ।

अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय बनेपाको टोली पुगेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक कोमल शाहले घटनास्थलमा प्रहरी पुगेकाले केहीबेरमा थप जानकारी आउने बताएका छन्।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ४ : ०३ बजे

हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन

जुम्ला– शनिबारको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको

‘ब्लु हिल’मा धमाधम पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

गलकोट– यहाँको बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको वडा नं

भारत–युरोप व्यापार सहमति ऐतिहासिक

एजेन्सी– भारत र युरोपेली सङ्घ (ईयु) बीच करिब दुई दशकदेखि

बालेन, महेश, हर्क र निकोलसलाई स्पष्टीकरण

काठमाडौं– निर्वाचन आयोगले चार जना उम्मेदवारसँग लिखित स्पष्टीकरण मागेको छ। 

पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

ढोरपाटन– बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ ।