सशस्त्र प्रहरी बल गृहमन्त्रीले भने- कार्यक्षेत्रमा उच्च मनोबल र हौसलाका साथ परिचालित हुनुस् « Khabarhub

सशस्त्र प्रहरी बल गृहमन्त्रीले भने- कार्यक्षेत्रमा उच्च मनोबल र हौसलाका साथ परिचालित हुनुस्


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री एवं कानुन न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले कार्यक्षेत्रमा थप उच्च मनोबल र हौसलाका साथ परिचालित हुन सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन् । 

सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकको निरीक्षण भ्रमणपछि आइतबार आयोजित समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले सशस्त्र प्रहरी बल नेपालले आफ्नो स्थापनाकालदेखि नै मुलुकमा देखापरेका विभिन्न अप्ठ्यारा परिस्थितिमा आइपरेका चुनौतीलाई परास्त गर्दै आएको स्मरण गरे। 

उनले भने, ‘नेपाली जनताको जीवनरक्षा गर्नुभन्दा ठूलो कर्तव्य अरु केही हुन सक्दैन भन्ने कुरा सशस्त्र प्रहरी बल नेपाल तथा अन्य सुरक्षा निकायले राम्रोसँग बुझेका छन्, आगामी दिनमा कार्यक्षेत्रमा थप हौसलाका साथ परिचालित हुनुपर्छ ।’

सशस्त्र प्रहरी बल नेपालले प्राथमिकीकरण गरेका कार्यादेशअन्तर्गत सीमा सुरक्षा, राजस्व सङ्कलन, विपद् व्यवस्थापनमा सक्रिय भई सीमास्तम्भ मर्मतसम्भार, सीमापार अपराध नियन्त्रण, अवैध चोरीपैठारी, मानव बेचबिखन, हातहतियार तथा लागूऔषधको ओसारपसार नियन्त्रणमा ‘डेडिकेटेड’ रूपमा परिचालन हुन गृहमन्त्री अर्यालले आग्रह गरे । 

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राज्य र नागरिकको सेवा तथा सुरक्षामा समर्पित सशस्त्र प्रहरी बल नेपाल जनअपेक्षाअनुरुप सुरक्षा प्रदान गर्दै आएको उल्लेख गर्दै सङ्गठनले आर्जन गरेको प्रतिष्ठा र जनविश्वासलाई अक्षुण्ण राख्न अनुशासित, कर्तव्यपरायण र सेवाप्रति निष्ठावान् रही राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा परिचालित हुँदै आएको बताए ।

राजस्व चुहावट नियन्त्रण र वैध व्यापार प्रवर्द्धनमार्फत राज्यको अर्थतन्त्रमा योगदान पुर्‍याउन सशस्त्र प्रहरी बलले प्रभावकारी भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै महानिरीक्षक अर्यालले सीमा क्षेत्रमा आवश्यक जनशक्ति र बिओपीको सङ्ख्या वृद्धि गर्न सके थप उपलब्धि हासिल हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ४ : २५ बजे

क्यामेराबाट भागिरहेका रास्वपाका ‘सेलिब्रेटी’ नेता

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताको मिडियासँग सातो

इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर

म्याग्दी – म्याग्दीको रणनीतिक महत्त्वको दरवाङ–मुना–ढोरपाटन सडक योजना निर्माण सुस्ताएको

मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

इलाम– २०५० सालमा हरिबहादुर तामाङले पसल सुरु गर्दा इलामको फिक्कल

प्राथमिक उपचार तालिम : विपद् व्यवस्थापनमा सहयोग

काठमाडौँ– काठमाडौँ महानगरपालिकाको आर्थिक तथा नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखाको

गाउँमा बाँदर निषेध गरे सुकुम्बासी समस्या आधाले निरुपण हुन्छ : अर्थशास्त्री हरि रोका

काठमाडौँ– अर्थशास्त्री हरि रोकाले सरकारलाई सहरमा सुकुम्बासी बस्न निषेध गर्नुभन्दा