श्रीमतीको ज्यान लिएका सन्तबहादुर : एक महिना थियो बाँकी सजाय, नख्खुबाट भागेर गरे अर्को जघन्य अपराध | Khabarhub Khabarhub

श्रीमतीको ज्यान लिएका सन्तबहादुर : एक महिना थियो बाँकी सजाय, नख्खुबाट भागेर गरे अर्को जघन्य अपराध


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

काभ्रे- जेन-जीको आन्दोलनका क्रममा गत भदौ २४ गते ललितपुरको नख्खु कारागारबाट भागेका सन्तबहादुर तामाङले केवल एक महिना मात्रै सजाय भुक्तान गर्न बाँकी रहेको खुलेको छ।

बलात्कार अभियोगमा तीन वर्ष सजाय पाएर नख्खुमा थुनिएका सन्तबहादुरले जेलबाट भागेपछि काभ्रेस्थित घर पुगेर पत्नीको ज्यान लिएका छन् ।

नख्खुबाट भागेर काभ्रेको पनौती नगरपालिका-१२ कलाँतीस्थित घरमा लुकेर बसेका उनी त्यहाँ गएदेखि नै पत्नीसँग झगडा गरिरहेको छिमेकीले बताएका छन् ।

जेलबाट भागेर गएदेखि नै झगडा गरिरहेका ३७ वर्षीय सन्तबहादुरले कम्तीमा पनि तीन दिनअघि नै ३१ वर्षीया पत्नी जमुना तामाङको ज्यान लिएर फरार भएको खुलेको छ।

तीन दिनदेखि घरमा जमुनाले कुनै गतिविधि नगरेको देखिएपछि छिमेकीमा शंका पैदा भएको थियो । घरमा लुकेर बसेका सन्तबहादुरले झगडा गरेको थाहा पाएका छिमेकी जमुनाको चालचुल नदेखिएपछि बुझ्न गएका थिए ।

आइतबार मनिषाका माइती र छिमेकीहरू उनको घरमा पुग्दा उनी थिइनन् भने जेलबाट भागेर आएका सन्तबहादुर पनि फरार भइसकेका थिए । शंका लागेर छिमेकीले खोज्दै जाँदा जमुनाको शव घरको पछाडि रहेको बारीमा गाडिएको अवस्थामा भेटिएको हो ।

तीन दिनदेखि हराएकी जमुनाको खोजीका क्रममा बारीमा गाडिएको अवस्थामा शव भेटिएपछि छिमेकीले प्रहरी बोलाएका थिए ।

सहकारी ठगीमा सर्वोच्च अदालतलेसमेत थुनामै राख्न आदेश दिइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ २४ गते सबैभन्दा पहिले जेल तोडेका थिए ।

उनलाई नख्खुबाट निकाल्न हुलहुज्जतसहित उपसभापति डीपी अर्याल, प्रवक्ता मनिष झा, सांसदहरू गणेश पराजुली र हरि ढकालसमेत पुगेका थिए । जेन-जीका नाममा रास्वपा नेताहरूले हुलहुज्जत गर्न थालेपछि रवि जेल तोडेर निस्किएका थिए ।

रवि निस्किएपछि नख्खुबाट मात्रै कम्तीमा ७ सय कैदी भागेका थिए । त्यसपछि देशभरका जेल तोड्ने क्रममा तीव्र भयो । अहिले पनि भागेका १५ हजारमध्ये ९ हजार कैदी बाहिरै छन् ।

उता नख्खुबाट भागेका सन्तबहादुर गाउँ आएको सूचनापछि प्रहरीले निगरानीसहित खोजतलास गरिरहेको थियो । तर उनी घर आसपास लुक्दै बसेका थिए ।

छिमेकीका अनुसार सन्तबहादुर पत्नी जमुनासँग केहि दिनदेखि झगडा गरिरहेका थिए । सन्तबहादुरले पत्नीको ज्यान लिएर फरार भएको जानकारी वडाध्यक्ष जयराम केसीले दिएका छन् । उनीहरूका ११ वर्षीय छोरा र ३ वर्षीया छोरी छन् ।

मनिषाको सन्तबहादुरले असोज ३ गते राति १ बजेतिर हत्या गरेको वडाध्यक्ष केसीले बताए । मनिषा शनिबारदेखि बेपत्ता थिइन् । माइती पक्षले शंका लागेर खोज्न गएको थियो । मनिषाको शव घरबाट करिब डेढ सय मिटर टाढा बारीमा गाडेको अवस्थामा भेटिएको छ।

अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय बनेपाको टोली पुगिसकेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक कोमल शाहले घटनास्थलमा प्रहरी पुगेकाले थप जानकारी आउने बताएका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ४ : ४२ बजे

६१ किलो सुन प्रकरणमा जीवन चलाउनेविरुद्ध दुई अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा दायर

काठमाडौं- ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न जीवन चलाउनेविरुद्ध काठमाडौं

रोल्वालिङ क्षेत्रमा हिमपहिरोः ज्यान गुमाउनेको संख्या सात पुग्यो (अपडेट)

काठमाडौं – दोलखाको गौरीशङ्कर गाउँपालिका–९ अन्तर्गत रहेको गौरीशङ्कर र रोल्वालिङ

यी हुन् जेनजी आन्दोलनका सहिद (नामावलीसहित)

काठमाडाैं । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई

११ राजदूत २० गतेभित्र मन्त्रालयमा हाजिर हुन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले यसअघि फिर्ता बोलाएका राजदूतलाई

मह उत्पादनको सिजनमै सरकारले १६५ टन आयात खुलायो, निर्णय फिर्ता लिन किसानको माग

चितवन- आयातित महलाई प्रमुख स्थान दिइ गरिएको निर्णय पुनर्विचार गर्न