पर्साका बाल सुधारगृहका ५० जना बालबिज्याइँकर्ता फरार « Khabarhub

पर्साका बाल सुधारगृहका ५० जना बालबिज्याइँकर्ता फरार


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– पर्साको बाल सुधारगृह तोडफोड गरेर भागेका ५० जना बालबिज्याइँकर्ता किशोर अझै फरार रहेका छन् । 

गत भदौ २४ गते रातको समयमा बाल सुधार गृह तोडफोड गरेर भागेका उनीहरू अझैसम्म पनि पक्राउ परेका छैनन् । पर्साको बाल सुधार गृहका कार्यालय प्रमुख टीकाकृष्ण काफ्लेले बाल सुधारगृहबाट भागेकामध्ये ५० जना किशोर अझैसम्म पनि फरार रहेको जानकारी दिए ।

‘भदौ २४ गते राति बाल सुधारगृहबाट भागेकामध्ये ५० जना अहिलेसम्म पनि सम्पर्कमा आएका छैनन्’, उनले भने, ‘उनीहरूको अभिभावकसँग कुराकानी भएर खोजी तीव्र पारिरहेका छौँ ।’

बाल सुधार गृह तोडफोड गरेर भाग्ने बेला सुधारगृहमा कूल १४२ जना रहेका थिए । तीमध्ये अहिले सुधारगृहमा ९० जना र भागेकामध्ये दुई जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । पछिल्लो समय एक जना बालबिज्याइँ गरेर थप भएका छन् । 

‘भदौ २४ को घटनापछि फरार रहेका १७ जनालाई पक्राउ गरिसकेका छौँ । अन्य पनि छिट्टै आउने विश्वास लिएका छौँ’, उनले भने ।
 

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ६ : २३ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको