अर्थसंक्षेप : मीनबहादुरलाई चेम्बर अफ कमर्शको साथ, अर्थ मन्त्रालयका तीन सहसचिवको जिम्मेवारी हेरफेर र सेयर बजारमा फर्कियो हरियाली, १११ अंकले उकालो « Khabarhub

अर्थसंक्षेप : मीनबहादुरलाई चेम्बर अफ कमर्शको साथ, अर्थ मन्त्रालयका तीन सहसचिवको जिम्मेवारी हेरफेर र सेयर बजारमा फर्कियो हरियाली, १११ अंकले उकालो


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

अर्थ मन्त्रालयका तीन सहसचिवहरूको जिम्मेवारी हेरफेर

अर्थमन्त्री रामेश्वर खनालले अर्थ मन्त्रालयका तीन जना सहसचिवको जिम्मेवारी हेरफेर गरेका छन् ।

मन्त्री खनालले वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुखमा महेश आचार्यलाई ल्याएका छन् भने सो महाशाखा प्रमुख रहेको सेवन्तक पोखरेललाई वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख बनाएका छन् ।

त्यस्तै, खनालले वित्तीय संघीयता महाशाखा प्रमुख रहेका महेश बराललाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको प्रमुखमा जिम्मेवारी दिएका छन् ।

जनकपुरधाम भन्सारमा १३ करोडको क्षति

जेन-जी प्रदर्शनमा दार्चुलाका आठवटा कार्यालयमा क्षति

पहिरोले अलपत्र यात्रुका लागि प्रजिअ र प्रहरी प्रमुख नै पुगे खाजा लिएर

मीनबहादुरको संकल्प : थाक्ने छुट छैन, चार महिनाभित्र भाटभटेनीलाई उभ्याउँछु (भिडियो)

जेन-जी आन्दोलनका क्रममा सबैभन्दा ठूलो विध्वंश मीनबहादुर गुरुङ सञ्चालक रहेको भाटभटेनी सुपर स्टोरमा भएको छ ।

साना किसान र व्यवसायीलाई समेत गोलबन्द गरेर चलाइएको भाटभटेनी सुपर मार्केटका १५ वटा शाखा जलाएर ध्वस्त पारिएको छ । अन्य चारवटा शाखामा व्यापक तोडफोड भएको छ।

यी तोडफोड र आगजनीको विध्वंशबाट मीनबहादुरले कम्तीमा पनि १५ अर्ब रुपैयाँको क्षति व्यहोर्नुपरेको हिसाब आइरहेको छ ।

तर, मीनबहादुरले हार मानेका छैनन् । निजी क्षेत्रमा सबैभन्दा ठूलो चोट बोकेका उनले क्षतिग्रस्त संरचना चार महिनाभित्र खडा गर्ने संकल्प लिएका छन् ।

गत साता पहिरो गएको बजारमा हरियाली, १११ अंकले उकालो

पाँच दिनमा मुस्ताङ नाकाबाट ३४ करोड बढी भन्सार राजस्व संकलन

मीनबहादुरलाई साथ दिन पुगे चेम्बर अफ कमर्शका सदस्य

जेन–जी आन्दोलनका क्रममा कम्तिमा १५ अर्बको क्षति व्यहोरेका व्यवसायी मीनबहादुर गुरुङलाई साथ दिन व्यवसायीहरूको एउटा टोली नक्सालस्थित भाटभटेनी पुगेको छ।

आइतबार इन्टरनेशनल चेम्बर अफ कमर्श नेपालका सदस्यहरूले नक्सालस्थित जेन-जीका नाममा जलाएर ध्वस्त पारिएको भाटभटेनी सुपरस्टोर अवलोकन गर्दै मीनबहादुरलाई साथ दिए ।

जगदम्बा मोटर्सद्वारा डुअल लञ्च

बक्यौता उठाउने कुलमानको निर्णयलाई बोर्ड बैठक बसेर कार्यान्वयन गर्छौँ : हितेन्द्रदेव

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ७ : ११ बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर