दुई हजारभन्दा बढी गोलीका खोकासहित दुई जना पक्राउ « Khabarhub

दुई हजारभन्दा बढी गोलीका खोकासहित दुई जना पक्राउ


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– नेपालगञ्जमा दुई हजारभन्दा बढी गोलीका खोकासहित दुई जना चोरलाई स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।

नेपालगञ्ज उपहानगरपालिका–३ एकलैनीमा आइतबार चोरी गर्न आएका पाँच जनाको समूहले विद्युत् पोलको लाइटमा ढुङ्गा हानेर फोड्न लाग्दा स्थानीयले उनीहरूलाई घेराउ गरी नियन्त्रणमा लिन खोज्दा सुरुमा एक जना पक्राउ परेको र अन्य भागेको वडा नं ३ का अध्यक्ष मोहम्मद अय्युब सिद्दिकीले जानकारी दिए । 

एक जनालाई पक्राउ गरेर सोधपुछ गर्ने क्रममा अर्का एक बोरा बोकेका व्यक्ति साथीको अवस्था बुझ्न आएको अवस्थामा उनलाई पनि पक्रेर प्रहरीलाई बुझाइएको उनले बताए ।  

ती व्यक्तिले बोकेको बोरामा दुई हजार ९६ थान गोलीका खोका र केही औजार भेटिएका वडाध्यक्ष सिद्दिकीले जानकारी दिए । स्थानीयले नियन्त्रणमा लिएका दुवै जनालाई वडा प्रहरी कार्यालय नेपालगन्जमा बुझाइएको छ ।

पक्राउ परेकामध्ये एक जना बर्दिया र अर्को भारत बाबागञ्जको रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले स्थानीयले नियन्त्रणमा लिएर बुझाएका चोर र उनीहरूबाट बरामद भएका गोलीका खोकाबारे अनुसन्धान भइरहेको बताए ।  

यसअघि यहाँ  चोरी गर्ने चेतावनी दिँदै त्यसअघि विद्युत् पोलमा पर्चा टाँसिएको भेटिएको थियो । यहाँ स्थानीयवासीले टोलमा रातभरि नियमित गस्ती गर्दै आएका छन् । रासस

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ७ : ४१ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको