लक्ष्मीपूजाका दिन एक हजार १५ मेगावाट बिजुली निर्यात « Khabarhub

लक्ष्मीपूजाका दिन एक हजार १५ मेगावाट बिजुली निर्यात


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तिहारलाई बत्ती, उज्यालो र फूलको पर्वका रूपमा लिइन्छ। घरघरमा दिपावली गर्ने र बत्ती जलाउने, घर उज्यालो बनाउने, फूलले सजाउने यो पर्वको विशेषता र मौलिकता हो। दिपावली र बत्ती एक अर्काका परिपूरक हुन्।

नेपाल विद्युत् प्राधिकरणका अनुसार लक्ष्मीपूजा (सोमबार) साँझ देशभर विद्युत्को कूल माग एक हजार ६५० मेगावाट बराबर रहेको छ। यस्तै, लक्ष्मीपूजाको दिन एक हजार १५ मेगावाट बिजुली निर्यात भएको छ।

प्राधिकरणका अनुसार गत वर्ष लक्ष्मीपूजाको दिन देशभरको कूल विद्युत् माग एक हजार ६०२ मेगावाट रहेको थियो। गत वर्षभन्दा यस वर्ष लक्ष्मीपूजा साँझ कूल बिजुली माग ४८ मेगावाट बढी भएको हो। प्राधिकरणले भारत र बङ्गलादेशमा बिजुली निर्यात गर्दै आएको छ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ६ : ३४ बजे

चक्रपथ विस्तार : नारायण गोपाल चोकदेखि चप्पल कारखानासम्म ५० प्रतिशत काम सम्पन्न (तस्बिरहरू) 

काठमाडौं– चक्रपथ विस्तार अन्तर्गत नारायण गोपाल चोकदेखि चप्पल कारखानासम्मको सडक

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज एक तोला सुनको मोल तीन लाख तीन

जन्तीसहित नागा बाबा पशुपति मन्दिर प्रवेश (तस्बिरहरू) 

काठमाडौं– महाशिवरात्रि नजिकिँदै जाँदा छिमेकी मुलुक भारतसहित नेपालका विभिन्न स्थानबाट

खगोल विज्ञान ओलम्पियाड राष्ट्रिय चरणमा प्रवेश

काठमाडौं– नेपाल एस्ट्रोनोमिकल सोसाइटी १३औँ राष्ट्रिय खगोल विज्ञान ओलम्पियाड २०२६

७ महिनामा सरकारको आम्दानीभन्दा खर्च सबा खर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष (आव) ०८२-८३ को ७ महिनामा सरकारको