महाकाली किनारमा विपिनको दाहसंस्कार, घाटसम्मै पुगे इजरायली राजदूत « Khabarhub

महाकाली किनारमा विपिनको दाहसंस्कार, घाटसम्मै पुगे इजरायली राजदूत


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सन् २०२३ अक्टोबर ७ मा हमासले बन्धक बनाएर लगेपछि ज्यान गुमाएका कञ्चनपुरका २३ वर्षीय युवक विपिन जोशीको महाकाली नदीको तटमा दाहसंस्कार गरिएको छ।

विपिन जोशीलाई पार्थिव अवशेषलाई बुवा महानन्द जोशी र ठूलोबुवाका छोरा किशोर जोशीले दागबत्ती दिएका थिए। त्यसअघि सशस्त्र प्रहरीको एउटा टुकडीले सलामी दिएको थियो ।

त्यसक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले नेपालको राष्ट्रिय झण्डा ओढाएर विपिन जोशीप्रति सम्मान व्यक्त गरे ।

अन्तिम संस्कारका क्रममा नेपालका लागि इजरायलका राजदूत श्मुलिक आरी बास घाटसम्मै पुगेका थिए । विपिनको शरीरमा सम्मानस्वरुप इजरालको झण्डा पनि ओढाइएको थियो । त्यसक्रममा इजराली राष्ट्रपतिको शोक सन्देश वाचन गरेर सुनाइयो।

प्यालेस्टाइनको गाजा क्षेत्रमा बन्धक अवस्थामै मारिएका जोशीको शव सोमबार नेपाल ल्याएर अन्तिम संस्कार गरीएको हो ।

युद्धको सुरुवातमा उनलाई हमासले बन्धक बनाएको थियो। दुई वर्षपछि युद्ध रोकिँदा बन्धक साटफेर गर्नेक्रममा विपिनको शव बुझाइएको थियो।

इजरायलबाट विपिनको शव सोमबार नेपाल आइपुगेको थियो। काठमाडौंमा प्रधानमन्त्री सुशीला कार्कीसहितले उनलाई श्रद्धाञ्जली दिए।

त्यसपछि नेपाली सेनाले शव उनकै घरमा पुर्‍याइदिएको हो। महाकाली नदीको घाटमा आज उनलाई सशस्त्र प्रहरीले सलामी दिएपछि अन्त्यष्टि गरिएको छ। विपिनको शवसहित इजरायली राजदूत श्मुलिक आरी बाससहितका तीन जना इजरायली प्रतिनिधि कञ्चनपुर पुगेका थिए।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ११ : ४० बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको