एमालेबाट शंकर र प्रदीप जाने, कांग्रेसले शान्ति सुरक्षाको मुद्दा उठाउने « Khabarhub

सर्वदलीय बैठक

एमालेबाट शंकर र प्रदीप जाने, कांग्रेसले शान्ति सुरक्षाको मुद्दा उठाउने


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले भदौ २७ गते बनेयता पहिलो पटक राजनीतिक दलहरूसँग संवाद गर्दैछिन् ।

आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका सन्दर्भमा कार्कीले ७ राजनीतिक दलसँग संवाद गर्न लागेकी हुन्।

मंगलबार अपराह्न ४ बजे उनले सरकारी निवास बालुवाटारमा छलफल गर्न लागेकी हुन्। कार्कीले राजनीतिक दलहरूसँग गर्न लागेको छलफलमा नेकपा (एमाले)बाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी हुने भएका छन् ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले दुई पटक दलहरूसँग छलफल गरेका थिए । तर यस पटक प्रधानमन्त्री आफैं संवादका लागि जुटेकी हुन्।

उता नेपाली कांग्रेसले प्रधानमन्त्री कार्कीले बोलाएको सात राजनीतिक दलका नेतासँगको छलफलमा निर्वाचनका लागि सुरक्षाको प्रत्याभुतिबारे सरकारको ध्यानाकर्षण गराउने भएको छ ।

प्रतिनिधिसभाको निर्वाचन गराउन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण नरहेकाले निर्वाचनमा जाने सुरक्षा प्रत्याभूतिबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने कांग्रेस नेता श्याम घिमिरेले बताए ।

गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा भएको हतियार लुटपाट, आगजनी, तोडफोडमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन नसक्ने र फरार कैदीलाई नियन्त्रणमा लिन नसक्ने अवस्थामा निर्वाचन गराउने सकारको मानसिकता नरहेको उनले बताएका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  १२ : २६ बजे

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना

युक्रेनमा व्यापक आक्रमण, कैयौँ सहरमा जनजीवन प्रभावित

मस्को – रुसले युक्रेनका कैयौँ सहरमा व्यापक र हवाई आक्रमण

जाँचबुझ आयोगको प्रतिवेदन : न्यायालय राजनीतिक चंगुलमा फस्यो

काठमाडौं– पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले न्यायालय राजनीतिक चंगुलमा

बेलायत र फ्रान्सले ‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालन गर्ने पहल गर्ने

लण्डन – बेलायत र फ्रान्सले मध्यपूर्व युद्धको सुरुवातदेखि इरानले प्रभावकारी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

कामठाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको