बारा र पर्सामा ८ लाख मानिसले लगाए हैजाविरुद्ध खोप  « Khabarhub

बारा र पर्सामा ८ लाख मानिसले लगाए हैजाविरुद्ध खोप 


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बारा र पर्सामा ८ लाख मानिसले हैजाविरुद्ध खोप लगाएका छन् । 

सरकारले २६ असोजदेखि बारा र पर्सामा खोप अभियान सुरू गरेको थियो । १० दिनमा पर्सामा ५ लाख ४७ हजार ३११ र बारामा ३ लाख १७ हजार २४२ जनाले खोप खाएको परिवारको कल्याण महाशाखाले बताएको छ।

६ भदौमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा १२ को मुरली टोलबाट हैजा संक्रमण फैलिएको थियो। त्यसपछि वीरगञ्जका अन्य वडा, पर्साका स्थानीय तह र बाराका केही भागमा फैलिएको छ । सरकारले पर्सा जिल्लाका सबै १४ वटै स्थानीय तहमा र बारा जिल्लाका ६ स्थानीय तहका एक वर्षभन्दा माथिका व्यक्तिहरूलाई खोप दिइरहेको छ ।

बारा र पर्सामा गरी कुल १० लाख १८ हजार खोप दिइने लक्ष्य छ । हालसम्म ८५ प्रतिशतले खोप लिएका छन् । मुखबाट खुवाइने इयूभिकोल–एस खोप विश्व स्वास्थ्य संगठनबाट गुणस्तरयुक्त प्रमाणित भएको खोप हो ।

नेपालको नियामक निकाय औषधि व्यवस्था विभागमा दर्ता भएको छ । यसको एक मात्रै दिइने छ। यसभन्दा अगाडि पनि काठमाडौं उपत्यका र कपिलवस्तुमा हैजाविरुद्धको खोप दिइएको थियो ।

विज्ञका अनुसार खोप खुवाएको दुई सातापछि खोपको प्रभावकारिता ८२ प्रतिशत देखिएको छ । यो खोप एक वर्ष भन्दा कम उमेरकाले खानु हुँदैन । ज्वरो आइरहेको, झाडापखाला भएको वा कुनै सिकिस्त बिरामी भएको अवस्थामा खोप दिन हुँदैन । तर निको भएपछि खोप दिनुपर्छ ।

सरकारी, निजी र गैरसरकारी स्वास्थ्य संस्था र अस्पताल, विद्यालय, कलेज तथा अन्य शिक्षण संस्था, नियमित खोप सेवा सञ्चालन गर्न बाह्य खोप केन्द्र, मन्दिर, मजिस्द, बसपार्क, नेपाल भारतको सिमानाका मुख्य नाका र उद्योग, कारखाना, इटाभट्टा जस्ता अन्य स्थानहरू खोप केन्द्र राखिएको छ ।

हैजा अर्थात् कोलेरा भिब्रिओ कोलरी नामक जीवाणुको संक्रमणका कारण हुन्छ। विज्ञका अनुसार झाडापखाला जस्तो देखिने हैजा केही गम्भीर प्रकृतिको हुन्छ । हैजाको जीवाणु संक्रमण भएका अधिकांश मानिसमा साधारण लक्षण मात्र देखिन्छ र केही दिनभित्रै निको हुन्छ ।

जटिल समस्या देखियो भने तुरुन्तै उपचार दिन नसके मृत्यु हुन्छ । हैजा विरुद्धको खोप लगाइसकेपछि पनि हैजा रोकथाम र नियन्त्रण गर्न शुद्ध पानी पिउने, स्वच्छ खाना खाने, शैचालयमा मात्रै दिसा पिसाब गर्ने, साबुनपानीले राम्रोसँग हात धुने जस्ता व्यवहार अपनाउनुपर्ने उनी बताउँछन् ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  १ : १२ बजे

पूर्वाधारसँगै कृषि र पशुपालन प्राथमिकतामा

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी– प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस