सरकारले निर्वाचनको वातावरण बनाए कांग्रेस सहभागी हुन्छ : कार्यवाहक सभापति खड्का « Khabarhub

सरकारले निर्वाचनको वातावरण बनाए कांग्रेस सहभागी हुन्छ : कार्यवाहक सभापति खड्का


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले निर्वाचनको वातावरण बनाए पार्टी सहभागी हुने बताएका छन् । 

‘चुनावका लागि बन्नुपर्ने सबै वातावरण बन्दा नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी चुनावमा जान तयार छ,’ मंगलबार सुर्खेतमा आयोजित पूर्व पार्टी सभापति गाेविन्द बहादुर मल्लको १३ ‍औँ पून्यतिथिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले भने, ‘अहिलेसम्म सरकारले चुनाव गराउने गरेर कुनै कामहरू गरेको छैन ।’

कार्यवाहक सभापति खड्काले साँच्चै सरकारले चुनाव गराउने हम्मे भने जेन-जीकाे पवित्र आन्दोलनका क्रममा घुसपैठ गरेर लुटिएका हतियारहरू अझै फिर्ता गर्नुपर्ने, प्रहरी र सुरक्षा निकायको मनोबल बढाउने काम गर्नुपर्ने, चुनावमा भाग लिने दलहरूलाई विश्वासमा लिनुपर्ने, आम मतदातामा सुरक्षाको प्रत्याभूति गराउनुपर्ने बताए ।

कार्यवाहक सभापति खड्काले सरकार चुनावको वातावरण बनाउन छोडेर पार्टीका नेताहरूमाथि पूर्वाग्रह तरिकाले लाञ्छना लगाउने, भ्रम सृजना गर्ने, अहिलेको अन्योललाई बढाउने काम गरिरहेको आरोप लगाए ।

हामी कुनै पनि खालको कानुनी प्रक्रियाबाट हुने छानबिन अनुसन्धानहरूमा खुल्ला छौँ,´ उनले भने,तर, सरकारमा रहेका जिम्मेवार व्यक्तिबाट भ्रम सृजना गर्ने, अनेक लाञ्छना लगाउनेलगायतका कार्यहरू भइरहेको छ, यसतर्फ म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।´

कार्यवाहक सभापति खड्काले पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकले चुनाव, पार्टीको अधिवेशन, अहिलेको वर्तमान परिस्थितिका बारेमा आधिकारिक निर्णय गर्ने बताए ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  १ : १६ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको