विगतको सिकाइ र भोगाइबाट यस वर्षको विपद्मा मिलेको सफलता « Khabarhub

विगतको सिकाइ र भोगाइबाट यस वर्षको विपद्मा मिलेको सफलता


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वानुमान, सूचना प्रवाह र बुझाइमा एकरूपता कायम गर्न सकेको अवस्थामा प्राकृतिक विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणमा ठूलो उपलब्धि हासिल गर्न सकिन्छ भन्ने पुष्टयाइँ यस वर्षको मनुसन पूर्वयोजना र प्रतिकार्यको तयारीबाट स्पष्ट भएको छ ।
 
विपद्को अवस्थामा सरोकारवालाबीच समन्वय, सहयोग र सहकार्य प्रभावकारी हुँदा विगतका तुलनामा यस वर्ष विपद्बाट हुने क्षति न्यूनीकरणमा सफलता मिलेको नेपाली सेनाले जनाएको छ ।

विपद्को स्वरूप र अघिल्लो वर्षको विपद् व्यवस्थापनको अनुभवका आधारमा तयार गरिएको मनसुन पूर्व तयारी र प्रतिकार्य योजनाको कार्यान्वयनबाट क्षति न्यूनीकरण गर्न सकिएको सेनाको विपद् व्यवस्थापन निर्देशन विष्णुकुमार खड्का बताउँछन् ।
       
‘नेपाल हरेक प्रकारका प्राकृतिक प्रकोपका हिसाबले जोखिममा छ, मनसुन पूर्व तयारी र प्रतिकार्य योजना, विगतको सिकाइ र भोगाइसँगै तीन तहका सरकारबीच भएको समन्वयले यस वर्ष जनधनको क्षति न्यून गर्न सकिएको हो’, उनले भने ।
 
यस वर्षको मनसुनमा बाढी, पहिरोलगायत विभिन्न किसिमका मनसुनजन्य विपद् प्रतिकार्यको लागि १६३ स्थानमा जम्मा चार हजार ७२३ जना फौज खटेर विपद् व्यवस्थापनमा सहयोग पुर्‍याइएको सेनाले जनाएको छ । सेनासँगै अग्र मोर्चामा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका साथै तीनै तहका सरकारको सहयोग तथा समन्वयमा यसपटक विपद् व्यवस्थापन गरिएको थियो ।

राजमार्गमा यातायात रोकिएको तथा सार्वजनिक बिदाका कारण पनि क्षति न्यूनीकरणमा सहयोग पुगेको सेनाको ठम्याइ छ ।

सेनाले गत असोज १८ र १९ गते परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो तथा डुबानका घटनामा १८ जिल्लाबाट एक हजार ८२ जनालाई सकुशल उद्धार गरेको थियो । इलाम र झापामा बाढी तथा पहिरोमा फसेका २३ जनाको सैनिक हवाई साधनमार्फत उद्धार गरिएको थियो ।
 
कोशी प्रदेश सरकारको अनुरोधमा इलामको माङ्सेवुङ गाउँपालिकाको गजुरमुखी क्षेत्रमा ७९४ किलो राहत सामग्री ढुवानी गरिएको छ । इलाममा हाल पनि विपद् व्यवस्थापनको कार्य भइरहेको सेनाले जनाएको छ ।
 
गत वैशाख १ देखि असोज १९ गतेसम्म बाढी, पहिरो, भारी वर्षा, डुबान, चट्याङलगायत चार हजार ६५ विपद्का घटनामा २८५ जनाको मृत्यु, २७ बेपत्ता र एक हजार ७२ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
 
यस वर्षको मनसुन रसुवा र इलाम बढी प्रभावित भएका थिए । सरकारले इलामलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गरी पुनः स्थापना र पुनः निर्माणको काम अघि बढाएको छ । इलाममा मात्रै पहिरोमा परी ३८ जनाको मृत्यु भएको थियो । नेपालबाट यस वर्षको मनसुन गत असोज २४ गतेदेखि बाहिरिइसकेको छ ।
 
गत वर्ष २५१ स्थानमा भएको डढेलो तथा २०२ स्थानमा भएको आगलागी नियन्त्रणका लागि १० हजार ६६३ फौज खटिएका थिए । यस्तै महाकाली नदीमा नदीजन्य पदार्थ व्यवस्थापन गरी सम्भावित क्षति न्यूनीकरण गर्न महाकालीको पूर्वतर्फ २५२ मिटर लामो तटबन्ध, पश्चिमतर्फ दुई हजार ६०० मिटर र मध्य भागमा ५२५ मिटर लम्बाइको च्यानल बनाइएको सेनाले जनाएको छ ।
 
सेनाले स्वदेशमा मात्र नभई म्यानमारमा पुगी गत चैत्रको भूकम्पपछि प्रभावितलाई स्वास्थ्य सेवा प्रदान गरेको थियो । सेनाको टोलीले एक हजार ३५८ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको थियो । रासस
 

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  १ : २९ बजे

कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सञ्चार मन्त्रालय

एमालेमा सुरू भयो तानातान, ईश्वरलाई क-कसले देलान् साथ ?

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशन मंसिर २७ गतेदेखि काठमाडौँमा हुँदैछ

कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’ 

काठमाडौं– नेपाली कांग्रेसका युवा नेताहरुले कांग्रेस सुधार अभियान सुरु गरेका

उच्छृङ्खल गतिविधि भएमा सहायता कक्षमा जानकारी दिन गृहको अनुरोध

काठमाडौं– सरकारले जेन-जी आन्दोलनपछिको परिवर्तनसँगै समाजमा घट्ने र घट्न सक्ने