इजरायलद्वारा दक्षिण लेबनानमा हवाई आक्रमण | Khabarhub Khabarhub

इजरायलद्वारा दक्षिण लेबनानमा हवाई आक्रमण


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

बेरुत- इजरायली लडाकु विमानहरूले सोमबार बिहान दक्षिण लेबनानका विभिन्न स्थानमा हवाई आक्रमण गरेको लेबनान राष्ट्रिय समाचार संस्था एनएनएले जनाएको छ ।

प्राप्त जानकारी अनुसार, इजरायली ड्रोनहरू अल–जहरानी क्षेत्रका गाउँ, बेरुत सहर र त्यसका दक्षिणी उपत्यकामा निकै तल्लो उचाइमा व्यापक रूपमा उडान गरिरहेका थिए, जसले स्थानीयवासीहरूमा त्रासको वातावरण सिर्जना गरेको थियो ।

इजरायली सेनाले दक्षिण लेबनानमा रहेको हिज्बुल्लाहको ’आतङ्कवादी संरचना’ लक्षित गरी हमला गरिएको दाबी गरेको छ । सेनाका अनुसार हिज्बुल्लाह फेरि सक्रिय हुन खोज्दैछ, जुन इजरायल–लेबनानबीच भएको समझदारीको खुला उल्लङ्घन हो ।

गत वर्ष नभेम्बर २७ गतेदेखि दुवै पक्षबीच युद्धविराम लागू भए पनि इजरायलले समय–समयमा लेबनानी भूभागमा आक्रमण गर्दै आएको छ । साथै, फेब्रुअरी १८ गतेभित्र फौज हटाउने सर्त भएको भए पनि इजरायली सेना अझै पाँच वटा सीमावर्ती स्थानमा तैनाथ रहेको बताइएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  २ : ४२ बजे

गर्भवतीलाई पोषण भत्ता वितरण

तनहुँ– तनहुँको व्यास नगरपालिकाले दुई सय ९५ गर्भवतीलाई पोषण भत्ता

रासायनिक मल वितरणका लागि ‘अनलाइन सिस्टम’ विकास गर्छौ : मन्त्री परियार

पर्सा– कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारले सरकारी

हङकङ सिक्सेस : यूएईसँग नेपाल ४३ रनले पराजित

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा

महाकाली करिडोर : योजनामा उत्साह, कार्यान्वयनमा निराशा

कञ्चनपुर- यहाँको भीमदत्त नगरपालिका–९ टुडिखेलका लोकबहादुर थापामगर २०६५ सालमा डडेल्धुराको

आश्रम निर्माणका लागि एकै दिन ५५ लाख रुपैयाँ सङ्कलन

बागलुङ– मानव सेवा आश्रम बागलुङ शाखाको भवन मिर्नाणका लागि आयोजना