महेश बर्तौलाको आरोप : गृहमन्त्रीकै कारण शान्ति सुरक्षा बिग्रिँदैछ, निष्पक्ष निर्वाचन नहुने डर बढ्दैछ « Khabarhub

महेश बर्तौलाको आरोप : गृहमन्त्रीकै कारण शान्ति सुरक्षा बिग्रिँदैछ, निष्पक्ष निर्वाचन नहुने डर बढ्दैछ


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का नेता महेश बर्तौलाले मुलुकमा शान्ति सुरक्षाको मुख्य चुनौती गृहमन्त्री ओमप्रकाश अर्याल रहेको बताएका छन् ।

सक्कली छानबिन र अनुसन्धान गर्ने हो भने जेन–जी युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ गरी विध्वंस मच्चाउने नर्सरीका मुख्य माली नै गृहमन्त्री अर्याल रहेको निष्कर्ष आउने उनले बताएका छन् ।

गृहमन्त्री अर्याल अहिलेसम्म इर्ष्या, डाहा, कुण्ठा र आक्रोशभन्दा बाहिर निस्किन नसकेको पनि उनले बताएका छन् ।

गृहमन्त्री अर्याले लुटिएका हतियार खोज्ने कुरामा चासो नदेखाएको, प्रहरीको दबेको मनोबल उठाउने प्रयत्न नगरेको, भागेका कैदीबन्दीबारे चासो नदेखाएको नेता बर्तौलाले बताए।

हरेक दिनजसो हत्या र हिंसाको घटना घटिरहँदा पनि गृहमन्त्री अर्याल यसमा फिटिक्कै चिन्तित नरहेको र बरू शान्ति र स्थिरता भंग गरेर मुलुकमा हिंसा, अराजकता र अस्थिररतातर्फ लान खोजेको उनको आरोप छ ।

गृहमन्त्री अर्याल पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, शीर्ष नेताहरु र राजनितिक दललाई भड्काउन, उत्तेजित बनाउन, इरिटेसन गर्न र हरसम्भव बेलगाम झूटा अभिव्यक्ति दिन तल्लीन रहेको उनले बताएका छन् ।

यस्तै तरिकाले बढे फागुन २१ को निर्वाचन गराउने कार्यादेश टारेर गृहमन्त्रीको कुर्सीमा बसिरहन सकिन्छ भन्ने अर्यालले बुझेको पनि उनले बताएका छन् ।

गृहमन्त्री अर्याललाई नेता बर्तौलाले ‘गौ बधको पक्षमा वकालत गरेर समाजमा धार्मिक अशान्ति निम्त्याउन जोडबल लगाउने लाइसेन्सवाला वकिल’ भनेका छन् । बर्तौलाले गृहमन्त्री अर्यालय देश, जनता र संविधानप्रति उत्तरदायी नरहेको बताएका छन् ।

‘वडा सदस्यसमेत नभएका उनीलाई न त जनादेश प्रति उत्तरदायी हुनु छ, न त देश प्रति उत्तरदायी हुनु छ । न त संविधानप्रति या न त जनताप्रति । उनलाई त केवल षडयन्त्रप्रति र आफ्नै निजि स्वार्थप्रति मात्रै उत्तरदायी भए पुग्छ’, उनले भनेका छन्, ‘जनताप्रति भरोसा बोक्नेले जहिल्यै जनादेशलाई सम्मान गर्छ । शान्तिपूर्ण आवद्यिक निर्वाचन प्रति विश्वास गर्दछ। तर जनताप्रति भरोसा नभएकाले जहिलेसुकै आतङ्क ,विध्वंस र विनामा विश्वास गर्छ । झूट तथा षडयन्त्रको सहारा लिन्छ । जुन काम गृहमन्त्री अर्यालले गरिरहेका छन् ।’

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  २ : ४८ बजे

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९

रूपन्देहीमा एक वर्षमा ७७७ उद्योग तथा व्यावसायिक फर्म बन्द

रूपन्देही- रूपन्देहीमा साना तथा घरेलु उद्योग र व्यावसायिक फर्म बन्द हुने

बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढ्यो

काभ्रेपलाञ्चोक- रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका

दक्षिणकाली मन्दिरमा भक्तजन (तस्बिरहरू) 

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार

विद्यालयमा डीआई होइन काउन्सिलर राखाैँ

शिक्षा भनेको एक गतिशील प्रक्रिया हो। आजको आवश्यकता र भोलिको