महेश बर्तौलाको आरोप : गृहमन्त्रीकै कारण शान्ति सुरक्षा बिग्रिँदैछ, निष्पक्ष निर्वाचन नहुने डर बढ्दैछ | Khabarhub Khabarhub

महेश बर्तौलाको आरोप : गृहमन्त्रीकै कारण शान्ति सुरक्षा बिग्रिँदैछ, निष्पक्ष निर्वाचन नहुने डर बढ्दैछ


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का नेता महेश बर्तौलाले मुलुकमा शान्ति सुरक्षाको मुख्य चुनौती गृहमन्त्री ओमप्रकाश अर्याल रहेको बताएका छन् ।

सक्कली छानबिन र अनुसन्धान गर्ने हो भने जेन–जी युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ गरी विध्वंस मच्चाउने नर्सरीका मुख्य माली नै गृहमन्त्री अर्याल रहेको निष्कर्ष आउने उनले बताएका छन् ।

गृहमन्त्री अर्याल अहिलेसम्म इर्ष्या, डाहा, कुण्ठा र आक्रोशभन्दा बाहिर निस्किन नसकेको पनि उनले बताएका छन् ।

गृहमन्त्री अर्याले लुटिएका हतियार खोज्ने कुरामा चासो नदेखाएको, प्रहरीको दबेको मनोबल उठाउने प्रयत्न नगरेको, भागेका कैदीबन्दीबारे चासो नदेखाएको नेता बर्तौलाले बताए।

हरेक दिनजसो हत्या र हिंसाको घटना घटिरहँदा पनि गृहमन्त्री अर्याल यसमा फिटिक्कै चिन्तित नरहेको र बरू शान्ति र स्थिरता भंग गरेर मुलुकमा हिंसा, अराजकता र अस्थिररतातर्फ लान खोजेको उनको आरोप छ ।

गृहमन्त्री अर्याल पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, शीर्ष नेताहरु र राजनितिक दललाई भड्काउन, उत्तेजित बनाउन, इरिटेसन गर्न र हरसम्भव बेलगाम झूटा अभिव्यक्ति दिन तल्लीन रहेको उनले बताएका छन् ।

यस्तै तरिकाले बढे फागुन २१ को निर्वाचन गराउने कार्यादेश टारेर गृहमन्त्रीको कुर्सीमा बसिरहन सकिन्छ भन्ने अर्यालले बुझेको पनि उनले बताएका छन् ।

गृहमन्त्री अर्याललाई नेता बर्तौलाले ‘गौ बधको पक्षमा वकालत गरेर समाजमा धार्मिक अशान्ति निम्त्याउन जोडबल लगाउने लाइसेन्सवाला वकिल’ भनेका छन् । बर्तौलाले गृहमन्त्री अर्यालय देश, जनता र संविधानप्रति उत्तरदायी नरहेको बताएका छन् ।

‘वडा सदस्यसमेत नभएका उनीलाई न त जनादेश प्रति उत्तरदायी हुनु छ, न त देश प्रति उत्तरदायी हुनु छ । न त संविधानप्रति या न त जनताप्रति । उनलाई त केवल षडयन्त्रप्रति र आफ्नै निजि स्वार्थप्रति मात्रै उत्तरदायी भए पुग्छ’, उनले भनेका छन्, ‘जनताप्रति भरोसा बोक्नेले जहिल्यै जनादेशलाई सम्मान गर्छ । शान्तिपूर्ण आवद्यिक निर्वाचन प्रति विश्वास गर्दछ। तर जनताप्रति भरोसा नभएकाले जहिलेसुकै आतङ्क ,विध्वंस र विनामा विश्वास गर्छ । झूट तथा षडयन्त्रको सहारा लिन्छ । जुन काम गृहमन्त्री अर्यालले गरिरहेका छन् ।’

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  २ : ४८ बजे

प्रधानमन्त्रीलाई माओवादीले सोध्योः डेढ महिनासम्म भत्केका कार्यालय र निवासमा सरकार किन पुगेन?

काठमाडौँ– नेकपा माओवादी केन्द्रले सरकार सञ्चालनको डेढ महिनासम्म पनि नेताको

ड्रोनबाट यस्तो देखियो झिलिमिली काठमाडौं उपत्यका (तस्बिरहरू)

काठमाडौं – हिन्दूहरूको दोश्रो महान पर्व तिहार आए सँगै काठमाडौं

दीपावलीको आतशबाजीपछि नयाँदिल्ली घना र खतरनाक धुवाँले ढाकियो

नयाँदिल्ली- लाखौँ श्रद्धालुले हिन्दू पर्व दीपावली धुमधामका साथ आतशबाजी गरी

जेन-जी र दलहरूलाई एकसाथ बैठक बस्न प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले दलहरूलाई जेन-जीसँगै बैठकमा सहभागी हुन नयाँ

जेनजीसँग छलफल गर्न तयार छौं: पम्फा भुसाल

काठमाडौं – नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले प्रधानमन्त्री सुशिला