चुनाव सफल पार्न दलहरूले सरकारलाई सहयोग गर्नुपर्छ : वर्षमान पुन  « Khabarhub

चुनाव सफल पार्न दलहरूले सरकारलाई सहयोग गर्नुपर्छ : वर्षमान पुन 


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य एवं पूर्व अर्थमन्त्री वर्षमान पुन (अनन्त)ले २१ फागुनमा निर्धारित निर्वाचन सफल पार्नुको विकल्प नरहेको बताएका छन् । 

तिहार, नेपाल सम्वत र छठ लगायत वर्षका अवसरमा मंगलबार ललितपुरमा आयोजित चियापान कार्यक्रममा पुनले निर्वाचन सफल पार्ने आफ्नो पार्टीले सरकारलाई सहयोग गर्ने बताए । 

उनले काँग्रेस र एमालेसहितका दललाई पनि चुनावका लागि तयार हुन आग्रह गरे । ‘संविधानलाई सही बाटोमा ल्याउन घोषित मितिमा चुनाव सम्पन्न गर्नुको विकल्प छैन,’ पुनले भने, ‘हामी चुनावका लागि प्रतिबद्ध छौँ र अरु दललाई पनि चुनावको पक्षमा उभिन आग्रह गर्छौँ ।’

केही दिनअघि आफू र नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा माओवादी निर्वाचनको पक्षमा रहेको स्पष्ट गरेको जानकारी पुनले दिए । 

‘प्रधानमन्त्रीले हामीलाई बोलाउनुभएको थियो । नारायणकाजी कमरेड म गएका थियौँ । हामीले भन्यौंं  चुनावको पक्षमा छौँ । हामी चुनावको वातावरण बनाउँछौँ तर अरूका लागि पनि चुनावी वातावरण बनाउन लाग्नुस् भनेका थियौँ,’ पुनले भने ‘आज पनि सात पार्टीहरूलाई राष्ट्रिय पार्टीहरूलाई प्रधानमन्त्रीले बोलाउनुभएको छ । हामी जान्छौँ ।  हामी यही कुरा भन्छौँ ।’

पुनले २३ गनेको जेनजी आन्दोलन सही भएको र २४ गतेको विध्वंस जेन-जीले नभई घुसपैठिया समूहले गराएको बताए । २३ र २४ गतेका दुवै अपराध कर्ममा संलग्नमाथि कारबाही गर्न पुनले सरकारसँग माग गरे । 

विघटित प्रतिनिधिसभाका दुई ठूला दल काँग्रेस र एमाले मिलेर बनेको केपी ओली नेतृत्वको दुई तिहाइको सरकार भ्रष्टाचार र बिचौलियाको स्वार्थमा केन्द्रित भएका कारण जनतामा व्याप्त निराशा र आक्रोश जेनजी आन्दोलनमार्फत विस्फोट भएको पुनको भनाइ थियो । ओलीको स्वेच्छाचारिता, निरंकुशता र भ्रष्ट चरित्रविरुद्ध नयाँ पुस्ताको अगुवाइमा जनता सडकमा आएको पुनले बताए । 

प्रमुख प्रतिपक्षी हैसियतमा आफूहरूले पटक पटक कार्यशैली सुधार्न र जनताको भावना बुझ्न आग्रह गरे पनि सरकारले नसुन्दा विस्फोटको अवस्था आएको उनले उल्लेख गरे । 

आफ्ना अध्यक्ष प्रचण्डले जनताको सोही आक्रोश समयमै बुझेर लाखौँ जनता सिंहदरबार र बालुवाटार घेर्नै आउँछन् भनेको स्मरण पुनले गरे । तर, सोही भनाइलाई आधार बनाएर अहिले केही शक्तिले सिंहदरबार जलाउन माओवादी संलग्न रहेको भन्दै आरोपित गर्न खोजेको बताए । 

प्रचण्डले सिंहदरबार जलाउन नभई सरकारलाई जनतामा बढ्दै गएको असन्तुष्टिलाई सांकेतिक रूपमा व्यक्त गरेको व्याख्या पुनले गरे । 

माओवादी र अरु पार्टी एकै हुन् भन्ने न्यारेटिभ स्थापित गर्ने प्रयास भइराखेको भन्दै उनले सुशासनको मामिलामा अरु र माओवादी फरक भएको दाबी गरे । संयोजक प्रचण्ड नेतृत्वको सरकारले १८ महिनामा सुशासनका पक्षमा गरेको काम त्यसको उदाहरण भएको तर्क पुनको छ । 

पुनले विगतमा चर्चामा रहेका सबै भ्रष्टाचार र अनियमितता प्रकरण छानबिन हुनुपर्ने भन्दै त्यसमा सघाउन आफ्नो दल तयार रहेको प्रतिबद्धता जनाए । आफूहरूले सरकारमा बसेर पार्टी नेता कार्यकर्ता, समर्थक र मतदाताको शिर निहुराउने काम नगरेको पुनले बताए ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ३ : ०९ बजे

विश्व शान्तिमा नेपाली सेनाको गर्वलायक उपस्थिति…

काठमाडौं– विश्व शान्तिमा नेपाली शान्ति सैनिक आफूलाई साहसिक, अनुशासित एवं

प्रधानमन्त्री कार्की ताप्लेजुङमा

ताप्लेजुङ– प्रधानमन्त्री सुशीला कार्की प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति गरिएको तयारी

मकवानपुरमा निर्वाचन तयारी तीव्र, पुराना मतपेटिका मर्मतदेखि सुरक्षा व्यवस्थासम्म

हेटौंडा–  मकवानपुरमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्य

काठमाडौं–२ : नयाँ र पुराना अनुहार, ‘एजेन्डा’ समान

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै काठमाडौँ निर्वाचन क्षेत्र नम्बर

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन दिएर ८० लाख ठगेको अभियोगमा