‘जेरी अन टप’लाई दर्शकको साथ « Khabarhub

‘जेरी अन टप’लाई दर्शकको साथ


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तिहारलाई लक्षित गर्दै गत  असोज ३१ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘जेरी अन टप’ले दर्शकको साथ पाएको छ। चलचित्र विकास बोर्डको ‘बक्सअफिस २ सिनेमा’का अनुसार उक्त  चलचित्रले प्रदर्शनको तीन दिनमा रु दुई करोड २२ लाख ८१ हजारको व्यापार गरेको छ ।

उक्त चलचित्रका अभिनेता अनमोल केसीले ‘जेरी अन टप’ले प्रदर्शनको पहिलो दिन असोज ३१ गते रु ७२ लाख ५९ हजार, दोस्रो दिन रु ८६ लाख ३८ हजार तथा तेस्रो दिन ६३ लाख ८४ हजारको व्यापार भएको जानकारी दिए ।

प्रदर्शन भएदेखि नै चलचित्र भवनमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका अभिनेता केसीले झन्डै डेढ वर्ष समय दिएर तयार गरेको सो चलचित्रले दर्शकको अपेक्षा पूरा गर्दा मेहनतको फल पाएको आभाष भएको प्रतिक्रिया दिए ।

“मैले एउटा चलचित्रमा काम सुरू गरेदेखि प्रदर्शन नहुँदासम्म अन्य काम गर्दिन । हामीले जुन सोच र मेहनतका साथ चलचित्रमा समय दिएर निर्माण गरेका थियौँ, त्यो आज सफल भएको महसुस गरेको छु । चलचित्रले सगरमाथाको कथासँग जोडेर त्रिकोणात्मक प्रेम देखाएको छ । हामी दर्शकप्रति आभारी छौँ”, अभिनेता केसीले भने।

तीन दिनमा ६० हजारभन्दा बढी दर्शकले उक्त चलचित्र अवलोकन गरेका थिए । उक्त चलचित्रमा अभिनेता केसीसँगै भुवन केसी, केदार घिमिरे, आँचल शर्मा, जसिता गुरुङ, उषा खड्गी लगायतका कलाकारले अभिनय गर्नुभएको छ । सरोज न्यौपाने प्रस्तुतकर्ता रहनुभएको चलचित्र ‘जेरी अन टप’को निर्देशन सुयोग गुरूङले गरेका हुन् ।

निर्देशक हेमराज विसीले कथा लेखन, विश्वास तिम्सिनाले पटकथा लेखन र दुलीप रेग्मीले छायांकन गरेको उक्त चलचित्र प्रदर्शनका लागि रीच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गरेको हो ।
 

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ३ : १३ बजे

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी