‘सरकारको काम चुनाव गराउने मात्रै होइन, भ्रष्टाचारीलाई कारबाही नथाले फेरि आन्दोलनमा उत्रिन्छौँ’ « Khabarhub

प्रधानमन्त्रीलाई जेन-जीको चेतावनी

‘सरकारको काम चुनाव गराउने मात्रै होइन, भ्रष्टाचारीलाई कारबाही नथाले फेरि आन्दोलनमा उत्रिन्छौँ’


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जेनजी आन्दोलका घाइतेहरूले प्रधानमन्त्री सुशीला कार्कीमाथि भ्रष्टाचारमा संलग्नमाथि कारबाही थाल्न दबाब दिएका छन् ।

मंगलबार बालुवाटारमा ४ घण्टाभन्दा बढी समय भएको छलफल जेन-जी आन्दोलनका घाइतेहरूले प्रधानमन्त्री कार्कीमाथि दबाब बढाएका हुन् ।

मंगलबार बिहान साढे १० बजेदेखि दिउँसो २ बजेसम्म चलेको छलफलमा जेन-जी आन्दोलनका घाइतेले सरकारलाई भ्रष्टाचारी र दमनकारीविरुद्ध कठोर रुपमा प्रस्तुत हुन सुझाव दिएका छन्।

उनीहरूले भ्रष्टाचारीमाथि कारबाही नभए सडकमा उत्रिएर अर्को आन्दोलन गर्ने चेतावनी पनि प्रधानमन्त्रीलाई दिएका छन्।

घाइते रुपिन खड्काको नेतृत्वमा आएको १८ जनाको समूहले क्रान्तिबाट आएको सरकारले क्रान्तिकारी कदम चाल्नुपर्ने भन्दै प्रधानमन्त्रीलाई कठोर हुन दबाब दिएको हो ।

घाइतेहरूका तर्फबाट खड्काले भने, ‘जसविरुद्ध हामीले आन्दोलन गरेका थियौँ, तिनीहरूलाई तत्काल पक्राउ गर्न केले छेकेको छ ? नियमले छेक्यो कि कानुन र संविधानले छेक्यो कि? जहाँ बाधा छ, त्यहीँबाट फुकाउनु सुरू गरौँ।’

छलफलमा गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रष्टाचार र आन्दोलनमा भएको दमनबारे छानबिनमा भएको प्रगतिबारे अवगत गराएका थिए।

‘तपाईं चुनाव-चुनाव मात्रैभनिरहनुभएको छ। के ०८४ को चुनाव ०८२ मा सार्न मात्र यो सरकार आएको हो?’, घाइते प्रतिनिधिहरूले प्रश्न गरे ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ३ : १५ बजे

बालेनका सहयोगी राजुनाथले दिए राजीनामा

काठमाडौं- काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिएका

सुशासनको सुरुआत आफूबाटै हुनुपर्छ : मन्त्री इङ्नाम

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा डा कुमार

प्रधानमन्त्रीको तर्क : पुरानै शैलीले देश चल्दैन, अब नयाँ पुस्ता र युवाहरू आउनुपर्छ

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले अहिलेको अवस्थाको लोकतान्त्रिक निकासका लागि निर्वाचन

झापा ५ बाट बालेन्द्र उठ्नुहुन्छ : यज्ञमणि न्यौपाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा अधिवक्ता यज्ञमणि न्यौपानेले झापा

गम्भीर तथा आकस्मिक बीरामीका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा 

काठमाडौं– नर्भिक इन्टरनेशनल अस्पतालले आपतकालीन सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा