‘सरकारको काम चुनाव गराउने मात्रै होइन, भ्रष्टाचारीलाई कारबाही नथाले फेरि आन्दोलनमा उत्रिन्छौँ’ « Khabarhub

प्रधानमन्त्रीलाई जेन-जीको चेतावनी

‘सरकारको काम चुनाव गराउने मात्रै होइन, भ्रष्टाचारीलाई कारबाही नथाले फेरि आन्दोलनमा उत्रिन्छौँ’


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जेनजी आन्दोलका घाइतेहरूले प्रधानमन्त्री सुशीला कार्कीमाथि भ्रष्टाचारमा संलग्नमाथि कारबाही थाल्न दबाब दिएका छन् ।

मंगलबार बालुवाटारमा ४ घण्टाभन्दा बढी समय भएको छलफल जेन-जी आन्दोलनका घाइतेहरूले प्रधानमन्त्री कार्कीमाथि दबाब बढाएका हुन् ।

मंगलबार बिहान साढे १० बजेदेखि दिउँसो २ बजेसम्म चलेको छलफलमा जेन-जी आन्दोलनका घाइतेले सरकारलाई भ्रष्टाचारी र दमनकारीविरुद्ध कठोर रुपमा प्रस्तुत हुन सुझाव दिएका छन्।

उनीहरूले भ्रष्टाचारीमाथि कारबाही नभए सडकमा उत्रिएर अर्को आन्दोलन गर्ने चेतावनी पनि प्रधानमन्त्रीलाई दिएका छन्।

घाइते रुपिन खड्काको नेतृत्वमा आएको १८ जनाको समूहले क्रान्तिबाट आएको सरकारले क्रान्तिकारी कदम चाल्नुपर्ने भन्दै प्रधानमन्त्रीलाई कठोर हुन दबाब दिएको हो ।

घाइतेहरूका तर्फबाट खड्काले भने, ‘जसविरुद्ध हामीले आन्दोलन गरेका थियौँ, तिनीहरूलाई तत्काल पक्राउ गर्न केले छेकेको छ ? नियमले छेक्यो कि कानुन र संविधानले छेक्यो कि? जहाँ बाधा छ, त्यहीँबाट फुकाउनु सुरू गरौँ।’

छलफलमा गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रष्टाचार र आन्दोलनमा भएको दमनबारे छानबिनमा भएको प्रगतिबारे अवगत गराएका थिए।

‘तपाईं चुनाव-चुनाव मात्रैभनिरहनुभएको छ। के ०८४ को चुनाव ०८२ मा सार्न मात्र यो सरकार आएको हो?’, घाइते प्रतिनिधिहरूले प्रश्न गरे ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ३ : १५ बजे

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी