लागूऔषधसहित तीन जना पक्राउ « Khabarhub

लागूऔषधसहित तीन जना पक्राउ


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सिरहा– बरियारपट्टि गाउँपालिका–३ दक्षिणी सीमावर्ती क्षेत्रबाट प्रतिबन्धित लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार, चाडपर्व लक्षित सुरक्षा गस्तीमा खटिएको प्रहरीले भारतको लदनियाँ बजार हुँदै नेपाल प्रवेश गरेका तीन जनाका साथबाट विभिन्न प्रकारका १८ एम्पुल बरामद गरिएको हो ।

पक्राउ पर्नेमा सुखीपुर नगरपालिका–१० का २१ वर्षीय सङ्गीतकुमार सदाय र सोही ठाउँका २० वर्षीय रिझन शर्मा तथा सुखीपुर–६ का १९ वर्षीय सरोजकुमार राम रहेका छन् । पक्राउ परेकाहरूमाथि औषधसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक पालले जानकारी दिए।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ३ : ४० बजे

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन दिएर ८० लाख ठगेको अभियोगमा

बंगलादेशमा अवामी लिग प्रतिबन्धित हुँदा बीएनपी ठूलो जिततर्फ

काठमाडौं– बंगलादेशको राष्ट्रिय चुनाव २०२६ मा राष्ट्रियतावादी पार्टी (बीएनपी) ठूलो

बंगलादेशमा बीएनपी अध्यक्ष रहमान दुवै क्षेत्रबाट विजयी 

ढाका– बंगलादेशको १३औं राष्ट्रिय संसदीय निर्वाचनमा बीएनपीका अध्यक्ष तारिक रहमान

राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको आजको बैठकमा ‘मुस्लिम आयोगको आर्थिक

काठमाडौं महानगरका ७५ हजारलाई निःशुल्क कानुनी सेवा, ३५ न्यायिक सहजकर्ता परिचालन

काठमाडौं– काठमाडौँ महानगरपालिकाले आजदेखि पाँचौँ संस्करणका न्यायिक सहजकर्तालाई परिचालन गरेको