तिहार एवं देउसी-भैलो संस्कृतिको शास्त्रीय तथा सांस्कृतिक पक्षबारे अन्तरक्रिया « Khabarhub

तिहार एवं देउसी-भैलो संस्कृतिको शास्त्रीय तथा सांस्कृतिक पक्षबारे अन्तरक्रिया


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको मौलिक संस्कार, धर्म र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्यले धार्मिक सांस्कृतिक पत्रकार समाज, नेपालले आज यहाँ अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । 

‘तिहार एवं देउसी भैलो संस्कृतिको शास्त्रीय तथा सांस्कृतिक पक्ष’ विषयक अन्तरक्रियामा विविध क्षेत्रका विज्ञ, संस्कृतिविद्, अध्येता, जनप्रतिनिधि, धर्मगुरु तथा समाजसेवीहरूले यसबारे आफ्नो आधार राखे। 

पत्रकार समाजका अध्यक्ष पूर्णप्रसाद मिश्रको सभापतित्वमा भएको कार्यक्रममा तिहार पर्वसँग सम्बन्धित देउसी र भैलो संस्कृतिको ऐतिहासिकता, शास्त्रीय मूल आधार, सामाजिक सन्देश तथा आधुनिक परिवेशमा यसको संरक्षण र सन्दर्भमा छलफल तथा अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रमका प्रमुख वक्ता प्रा भवानीप्रसाद खतिवडाले देउसी र भैलोको उत्पत्ति, भाषिक व्युत्पत्ति, धार्मिक सन्दर्भ र जनश्रुतिमा आधारित कथाहरूको विश्लेषण गरे । उनले ‘देउसी’ शब्द ‘देउशिरी’ बाट उत्पत्ति भएको उल्लेख गर्दै प्राचीन समयमा राजा बलिको कथासँग यसको गहिरो सम्बन्ध रहेको सुनाए । तिहार पर्व प्रकृति, जीवजन्तु र मानव जीवनबीचको संवादको प्रतीकसमेत रहेको रहेको खतिवडाको भनाइ थियो । 

‘भैलो’ भन्ने शब्द ‘भवानी’ नामसँग सम्बन्धित भएको र विशेषगरी लक्ष्मी पूजापछिको साँझ गाउने परम्परा रहेको व्याख्या गरिएको थियो ।

कार्यक्रममा राष्ट्रियसभा सदस्य विष्णुदेवी पुडासैनी, पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्यसचिव सुभास जोशी, संस्कृतिविद् डा बिनुबाबा अर्याललगायतले तिहार पर्वले नेपाली समाजमा सहिष्णुता, आपसी सद्भाव र सामूहिकताको भावना अभिवृद्धि गर्ने धारणा राखे। उनीहरूले यस पर्वलाई शुद्ध, सात्विक र समावेशी ढङ्गले मनाउने परम्परालाई बचाइराख्नुपर्नेमा जोड दिए । 

कार्यक्रमका अधिकांश वक्ताले देउसी–भैलोको परम्परागत स्वरूपमा आएको विकृति र त्यसको समाधानतर्फ ध्यान दिनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा बागमती सफाइ अभियन्ता गोविन्दप्रसाद काफ्ले, प्रा.डा ध्रुव भट्टराई, बौद्ध धर्मगुरुहरू, विभिन्न क्षेत्रका सांस्कृतिक अभियन्ता, पत्रकार तथा धार्मिक समुदायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो । 

समाजका अध्यक्ष मिश्रले यस्ता अन्तरक्रिया कार्यक्रमले नेपाली मौलिक संस्कृतिको पुनरावलोकन र संरक्षणमा सशक्त भूमिका खेल्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ३ : ५१ बजे

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै

थ्रीडी मेमोग्राफी मेसिन खरिद प्रकरण : पाँच जना दोषी ठहर, उच्च अधिकारीहरूलाई सफाइ

काठमाडौं – विशेष अदालत, काठमाडौंले स्वास्थ्य सेवा विभागका लागि थ्रीडि

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए