सयपत्री फूलको माग धान्न धौ–धौ « Khabarhub

सयपत्री फूलको माग धान्न धौ–धौ


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

तनहुँ– यहाँको आँबुखैरेनी गाउँपालिका–१ को याञ्चोकटार लघु उद्यमी महिला समूहमा आबद्ध महिलाहरूले सामूहिक रूपमा सयपत्री फूलखेती गरेका छन् । 

याञ्चोक आमा समूह र आँधीमूल आमा समूहलाई ‘मर्ज’ गरी यहाँका महिलाहरूले विसं २०८० देखि व्यावसायिक फूलखेती गरिरहेका हुन् । अन्य बालीनाली लगाउँदा बाँदरले खाएर दुःख दिन थालेपछि फूलखेती सुरु गरेका उद्यमीहरूले जनाएका छन् ।

समूहकी अध्यक्ष सुन्तली गुरुङले विशेष गरी तिहारका समयमा यस खेतीबाट बढी आम्दानी हुने गरेको बताए । यसपटकको तिहारको भाइटीका नजिकिँदै गर्दा फूल र मालाका माग धान्न भ्याइनभ्याइ भएको उनले जानकारी दिए । 

अध्यक्ष गुरुङले भने, ‘हाल दैनिक ४० जना जनशक्ति फूल टिप्न र माला बनाउन खटिइरहेका छन् । माग धान्न धौ धौ भएको छ । कतिपय व्यवसायीहरू फूल खोज्दै बारीमा पुग्न थालेपछि बजारीकरणमा केही सहज भएको छ । गत वर्ष रु चार लाख ३० हजार बराबरको फूल बिक्री भएकामा यस वर्ष पाँच लाखभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ ।’

आँबुखैरेनी कृषि शाखाप्रमुख सन्तोष केसीले हाल यहाँ थोरै फूलखेती गरेका किसानले पनि रु ३५ देखि ४० हजारसम्म फूल बिक्री गरेको बताए। उनले मागअनुसार फूल आपूर्ति गर्न नसकिएको बताए। 

‘सुरुमा जसजसले बुकिङ गरे उनीहरूलाई दिन मात्रै सकिएको छ, अरुलाई फूल र माला बिक्री गर्न सकिरहेका छैनौँ’, शाखाप्रमुख केसीले भने,’यस क्षेत्रमा मौत्र  ५० रोपनी क्षेत्रफलमा फूलखेती गरिएको छ । करिब १५-१६ लाखको फूल उत्पादन हुनुपर्ने भए पनि सोचेअनुरूप उत्पादन भने भइरहेको छैन ।’ 

यहाँ प्रतिमाला रु ८० देखि १०० सम्म बिक्री मूल्य तोकिएको छ । सयपत्री फूल प्रतिकिलोग्राम ३५० देखि ४०० सम्म कायम गरिएको छ । 

गत वर्षको तुलनामा यसवर्ष प्रतिमालामा  ५० बढी मूल्य पाइएको पुष्प व्यवसायीहरू बताउँछन् । गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा सयपत्रीको खेती प्रविधि र बजारीकरणमा सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए ।  

‘माग धान्न सकिएको छैन । अर्को वर्ष एक महिनादेखि नै बुकिङ काउन्टर खुला गर्ने योजना बनाउँछौँ’, उनले भने, ‘फूलखेतीले यस क्षेत्रका महिलाहरू आत्मनिर्भरतर्फ उन्मुख बन्दै गएका छन् । पालिकाले यसलाई थप व्यवस्थित बनाउँछ ।’

यसवर्ष फूल कतार नपठाइने 

यसवर्ष आन्तरिक माग बढी भएकाले अन्य देशहरूमा फूल निर्यात नगरिने गाउँपालिकाले जनाएको छ ।  गत वर्ष माला तयार गरी बिक्रीका लागि कतारमा पठाइएको थियो । 

यसैगरी कात्तिक ८ देखि १५ गतेसम्म आँबुखैरेनीमा हुन गइरहेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञका लागि एक हजार माला ‘बुकिङ’ गरिसकेको कृषि शाखाप्रमुख केसीले जानकारी दिए । 

छिम्केश्वरी–बूढीदेवी मन्दिरको बृहत्तर विकासका लागि छिम्केश्वरी पर्यटन विकास समितिले महायज्ञको आयोजना गर्दैछ । महायज्ञमा पण्डित दीनबन्धु पोख्रेलले कथावाचन गर्ने कार्यक्रम छ । 

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ४ : २८ बजे

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित