सवारी दुर्घटनामा तीन जनाको मृत्यु « Khabarhub

सवारी दुर्घटनामा तीन जनाको मृत्यु


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्साको वीरगंज महानगरपालिका-१४ स्थित सडकमा अन टेष्ट लेखिएको रिक्सा र ना.४७ प ५७६६ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा स्कुटर चालक बारा घर भएका ५५ वर्षीय मुक्तिनारायण साहको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको वीरगंज हेल्थ केयर गण्डकमा उपचारको क्रममा मृत्यु भएको हो । रिक्सा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवन, भरतपुर महानगरपालिका-१० स्थित सडकमा बा.प्र.०६-००३ प ०६९२ नम्बरको स्कुटर अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक सोही महानगरपालिका-२१ बस्ने २५ वर्षीय संदिप घिमिरे र स्कुटरमा सवार २८ वर्षीय कुशल अर्यालको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ६ : ३० बजे

बालेनका सहयोगी राजुनाथले दिए राजीनामा

काठमाडौं- काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिएका

सुशासनको सुरुआत आफूबाटै हुनुपर्छ : मन्त्री इङ्नाम

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा डा कुमार

प्रधानमन्त्रीको तर्क : पुरानै शैलीले देश चल्दैन, अब नयाँ पुस्ता र युवाहरू आउनुपर्छ

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले अहिलेको अवस्थाको लोकतान्त्रिक निकासका लागि निर्वाचन

झापा ५ बाट बालेन्द्र उठ्नुहुन्छ : यज्ञमणि न्यौपाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा अधिवक्ता यज्ञमणि न्यौपानेले झापा

गम्भीर तथा आकस्मिक बीरामीका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा 

काठमाडौं– नर्भिक इन्टरनेशनल अस्पतालले आपतकालीन सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा