नेपाली क्रिकेट खेलाडीको तस्बिर राखेर कालीपूजा पण्डाल « Khabarhub

नेपाली क्रिकेट खेलाडीको तस्बिर राखेर कालीपूजा पण्डाल


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– यहाँस्थित भद्रपुर–६ मा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूको तस्बिर राखेर आकर्षक कालीपूजा पण्डाल निर्माण गरिएको छ ।

‘जेनजी’ आन्दोलनपछि देशमा देखिएको राजनीतिक अस्थिरताबाट निराश जनतालाई भर्खरै राष्ट्रिय क्रिकेट टोलीले दिएको उत्साह र खुसीलाई आत्मसात् गर्दै क्लब बाङ्गला भद्रपुरले पण्डाल निर्माण गरेको पूजा समितिका संयोजक विजय साहले बताए ।

भद्रपुर–६ मा बनाइएको पण्डालमा सिनियर पुरुष, सिनियर महिला तथा पूर्वराष्ट्रिय खेलाडी गरी ३५ वटा तस्बिर समावेश गरिएका छन् । समितिका सदस्य पार्थ मण्डलका अनुसार आगामी सन् २०२६ मा भारत र श्रीलंकामा हुने टी–ट्वान्टी विश्वकपमा नेपाली टोलीले अझ ठूलो सफलता प्राप्त गरोस् भन्ने उद्देश्यले खेलाडीहरूको आकृतिमा पण्डाल निर्माण गरिएको हो ।

‘हामीले छोटो समयमा विभिन्न सहयोगी दाताको साथ र सहयोगमा राष्ट्रियता झल्काउने पण्डाल निर्माण गर्न सफल भएका हौँ,’ उनले भने, ‘पण्डाल सबैले रुचाएका छन्, यस कार्यको प्रशंसा पनि गरेका छन् ।’

पण्डाल, बिजुली बत्ती र साङ्गीतिक कार्यक्रमलगायत करिब रु सात लाख खर्च हुने अनुमान गरिएको समितिले जनाएको छ । कात्तिक ७ गते पूजास्थलमा स्थानीय तथा भारतीय कलाकारहरूको सहभागितामा बृहत् साङ्गीतिक कार्यक्रम आयोजना गरिने समितिका सदस्य निर्मल घोषले जानकारी दिए। 

बङ्गाली समुदायका युवाहरूले स्थापना गरेको क्लब बाङ्गला भद्रपुरले अघिल्लो वर्ष केदारनाथ मन्दिरको आकृतिमा पण्डाल बनाएको थियो । उक्त क्लबले विगत नौ वर्षदेखि विभिन्न आकृतिमा पण्डाल निर्माण गर्दै कालीपूजा गर्दै आएको समितिका सदस्य घोषले बताए।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ५ : १८ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको