गाजामा युद्धविराम कायम राख्नु जीवनरक्षाका लागि अत्यावश्यक : संयुक्त राष्ट्रसङ्घ « Khabarhub

गाजामा युद्धविराम कायम राख्नु जीवनरक्षाका लागि अत्यावश्यक : संयुक्त राष्ट्रसङ्घ


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

जेनेभा- संयुक्त राष्ट्रसङ्घले गाजामा हाल कायम रहेको युद्धविरामलाई ‘जीवनरक्षाका लागि अत्यावश्यक’ ठहर गर्दै मङ्गलबार सबै सीमा नाकाहरू खुला गर्न इजरायल र सम्बन्धित पक्षहरूलाई आग्रह गरेको छ । विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का मध्यपूर्व प्रवक्ता अबीर एटेफालेले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा भने, “युद्धविराम कायम रहनु अत्यन्त महत्त्वपूर्ण छ; वास्तवमा यही एकमात्र उपाय हो जसले गाजाको उत्तर भागमा फैलिँदो भोकमरीलाई रोक्न र जनजीवन बचाउन सक्छ ।”

इजरायली सेनाले युद्धविराम उल्लङ्घन गरेको भन्दै गाजामा घातक हवाई आक्रमण गरेपछि अमेरिकी मध्यस्थतामा गत अक्टोबर १० देखि लागु भएको इजरायल–हमास युद्धविराम आइतबार पुनः सङ्कटमा परेको थियो । प्रवक्ता एटेफालेले युद्धविराम लागू भएपछि ५३० वटा डब्लुएफपी ट्रकहरूले गाजामा प्रवेश गरी करिब छ हजार ७०० टनभन्दा बढी खाद्यान्न पुर्‍याएको जानकारी दिए ।

यसबाट करिब पाँच लाख मानिसलाई दुई साताका लागि पर्याप्त खाद्य उपलब्ध गराइएको छ । अहिले दैनिक करिब ७५० टन खाद्यान्न गाजामा आइरहेको भए पनि यो मात्रा डब्लुएफपीको दैनिक दुई हजार टनको लक्ष्यभन्दा अझै निकै कम रहेको उनले बताए ।

“ट्रकहरू अघि बढिरहेका छन्, गोदामहरूमा खाद्यान्न पुगेका छन् र वितरण मर्यादित तथा व्यवस्थित ढङ्गले भइरहेको छ”, प्रवक्ताले जोड दिँदै भने । हाल डब्लुएफपीले गाजामा २६ वटा खाद्य वितरण केन्द्र सञ्चालनमा ल्याएको ।

यो गत शुक्रबारको पाँच केन्द्रभन्दा वृद्धि भए पनि सङ्गठनले सञ्चालन गर्न चाहेको १४५ केन्द्रभन्दा अझै धेरै कम हो । अधिकांश वितरण केन्द्रहरू गाजाको दक्षिण र केन्द्र भागमा रहेका छन् । “जनताको प्रतिक्रिया अत्यन्त उत्साहजनक रहेको छ”, उनले भने, “सहायता पाउँदा नागरिकहरू आभारी छन् र वितरण प्रक्रिया पनि सम्मानजनक तथा द्रुत गतिमा भइरहेको छ ।” डब्लुएफपीले सञ्चालन गर्न चाहेका ३० मध्ये हाल नौ वटा बेकरी चलिरहेका छन्, जसका लागि पर्याप्त गहुँको पिठो सीमाबाट प्रवेश गर्न आवश्यक छ ।

“हामी अहिलेका अवस्थामा ५० हजार मानिसलाई ताजा रोटी वितरण गर्न सफल भएका छौँ”, उनले भने, “सबैभन्दा राम्रो कुरा के हो भने हामी सबैभन्दा कमजोर वर्गका मानिसहरू—महिला प्रमुख घरपरिवार र वृद्धहरूसम्म—सहायता पुर्‍याउन सक्षम भएका छौँ ।”

उनका अनुसार गाजाका अधिकांश नागरिक अहिले ‘बाँच्ने उपाय’ मा छन् । “उनीहरू सीमित मात्रामा प्राप्त खाद्य पदार्थ खाँदै बाँकी सुरक्षित राखिरहेका छन्, किनकि युद्धविराम कहिले भङ्ग हुने हो भन्ने चिन्ता गहिरो छ”, उनले भने ।

प्रवक्ताले डब्लुएफपीका ट्रकहरू हाल केवल केरेम शालोम र किसुफिम नाकाबाट प्रवेश गरिरहेको बताए र गाजाका सबै सीमा विन्दुहरू, विशेषतः उत्तरतर्फका नाकाहरू तत्काल खोल्न आग्रह गरे । “उत्तर गाजामा खाद्य अवस्थाहरू अत्यन्त डरलाग्दा छन्”, उनले चेतावनी दिँदै भने, “ती सीमा नाकाहरू कहिले खुल्ने भन्नेबारे अहिले कुनै निश्चित सङ्केत छैन ।”

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ५ : ३७ बजे

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम

राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय

विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै

जेन–जी विद्रोहका मुद्दा सम्बोधन नगरी निर्वाचन गरिनु देशप्रति धोका हाेः जेन–जी मुभमेन्ट

काठमाडौं – जेन–जी मुभमेन्ट नेपालले जेन–जी विद्रोहका क्रममा नवोदित पुस्ताले