रुसद्वारा पुटिन–ट्रम्प शिखर सम्मेलनका लागि समयसीमा तय नगरेको पुष्टि « Khabarhub

रुसद्वारा पुटिन–ट्रम्प शिखर सम्मेलनका लागि समयसीमा तय नगरेको पुष्टि


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- रुसले युक्रेन युद्धसम्बन्धी रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच प्रस्तावित शिखर सम्मेलनका लागि हालसम्म कुनै निश्चित समयसीमा तय नभएको स्पष्ट पारेको छ । 

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले मङ्गलबार पत्रकारहरूलाई सम्बोधन गर्दै भने, ‘यो वार्ताको तयारी गम्भीर ढङ्गले भइरहेको छ, तर अहिलेसम्म कुनै ठोस मिति तय गरिएको छैन ।’

गत हप्ताको टेलिफोन संवादपछि रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पले बुडापेस्टमा भेट गरी युक्रेन युद्धको समाधानका उपायबारे छलफल गर्ने घोषणा गरेका थिए । त्यसपछि रूसी विदेशमन्त्री सर्गेई लाभरोभ र उनका अमेरिकी समकक्षी मार्को रुबियोबीच सोमबार तयारी वार्ताका लागि फोन संवाद भएको थियो र दुवै मन्त्रीले निकट भविष्यमा व्यक्तिगत रूपमा भेट्ने अपेक्षा गरिएको छ ।

ट्रम्पले शिखर बैठक दुई हप्ताभित्र सम्पन्न हुने बताएका थिए, तर त्यो समयसीमा समाप्त हुँदै गएको छ । पेस्कोभले भने, ‘यो बैठक पत्थरमा कुँदिएको योजना होइन, तयारीका लागि समय चाहिन्छ ।’

यसअघि रूसी उपविदेशमन्त्री सर्गेई रयाबकोभले पनि लाभरोभ–रुबियो तयारी बैठकको विवरणबारे बोल्नु अहिले ‘अपरिपक्व’ हुने बताएका थिए । उनले भने, ‘न फोन कलअघि न हिजोको कलका क्रममा कुनै निश्चित मिति वा स्थानबारे विस्तृत छलफल भएको थियो ।’

ट्रम्पले विगतमा केही घण्टामै युक्रेन युद्धको समाधान सम्भव हुने दाबी गरे पनि, हालसम्म उनको मध्यस्थता प्रयासबाट कुनै ठोस नतिजा आएको छैन । मस्को र किएभ दुवै पक्ष ट्रम्पको भूमिकाप्रति असन्तुष्ट देखिएका छन् ।

पुटिनले युद्धविरामका लागि आएका धेरै अन्तर्राष्ट्रिय आग्रहहरू अस्वीकार गर्दै आएको छ र उनले युक्रेनका लागि अस्वीकार्य ठानेका कठोर सर्तहरूमा अडान लिइरहेका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले क्षेत्रीय सिमाना गुमाउने कुनै प्रस्ताव अस्वीकार गरेका छन् छ र बुडापेस्ट शिखर सम्मेलनमा आफूलाई समेत सहभागी गराउन दबाब दिइरहेका छन् । 

यसअघि अलास्कामा सम्पन्न पुटिन–ट्रम्प बैठक कुनै ठोस प्रगति बिना नै समाप्त भएको थियो । युक्रेनले भने पुटिन र जेलेन्स्कीबीचको प्रत्यक्ष संवाद मात्र शान्ति प्रक्रियामा अघि बढ्ने एकमात्र बाटो भएको बताएको छ, तर क्रेमलिनले भने स्पष्ट रूपमा भनेको छ-शान्ति सम्झौतामा ठोस सहमति नभएसम्म यस्तो बैठक असम्भव रहनेछ ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ६ : १० बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी