तिहारमा झिनियाँको माग उच्च « Khabarhub

तिहारमा झिनियाँको माग उच्च


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– बेनी नगरपालिका–७ मङ्गलाघाटका हरिकुमार श्रेष्ठले दसैँ तिहारको लागि करिब रु दुई लाखको झिनियाँ बिक्री गरे । 

मङगलाघाटकै कल्पना श्रेष्ठलाई पनि झिनियाँ बनाउन भ्याइनभ्याइ छ । हरिकुमार र कल्पना मात्र नभइ बेनीका उद्यमीहरूका लागि झिनियाँ आम्दानीको स्रोत बनेको छ ।

‘तिहारका लागि झिनीयाँको माग बढेकाले भ्याईनभ्याई भएको हो,’ हरिकुमारले भने, ‘तिहारको समयमा धेरै माग र खपत हुने झिनियाँ अन्य समयमा पनि राम्रै बिक्री भइरहेको छ ।’

हेर्दा आकर्षक, खानालाई स्वादिलो, सजिलो तथा तयारी खाजाको रूपमा प्रयोग गर्न सकिने भएकाले चाडपर्वको समयमा झिनियाँ रोटीको खपत धेरै हुनेगर्छ । तिहारका लागि दसैँ सकिएदेखिनै झिनियाँ बनाउन थालेकी उद्यमी कल्पनाले माग धान्न मुस्किल परेको बताए। 

‘पोखराबाट रु दुई लाखको झिनियाँको माग आएको थियो,’ उनले भने ‘राम्रोसँग घाम नलाग्दा पोखराको माग पुर्‍याउन सकिएन । बेनीकै ग्राहकलाई बल्लतल्ल पुर्‍याएको छु ।’

दशैँलगत्तै बेनीका उद्यमीले तिहारका लागि झिनियाँ बनाउन थालेका थिए । चामलको पिठो पकाएर त्यसलाई मेसिनमा पेलेर निस्कने चाउचाउको जस्तो त्यान्द्रोलाई दुई दिनसम्म घाममा सुकाएपछि झिनियाँ तयार हुन्छ ।

झिनियाँ घ्यू, तेलमा फ्राई गरेर खानयोग्य हुन्छ । प्रति १२ वटा झिनियाँलाई रु एक सय ५० का दरले बिक्री हुने गरेको छ । चाडपर्व र आफन्तलाई भेट्न जाँदा झिनियाँ कोसेली लैजाने चलन छ । झिनियाँलाई खाजाको परिकारको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।  

घरमा बनाउन झञ्जट हुने, बिग्रने डर तर कोसेली लैजान सजिलो हुने भएकाले झिनियाँ रोजाइमा परेको बेनीका उपभोक्ता नवीन घिमिरेले बताए। बेनीका झिनियाँ उत्पादक तथा व्यापारीका अनुसार तिहारको समयमा एक जनाले रु दुई लाखदेखि तीन लाखको झिनियाँ बिक्री गर्छन् । 

सदरमुकाम बेनीमा बिनिया उत्पादन गरेर बिक्री गर्ने उद्यमीको सङ्ख्या २५ भन्दा धेरै छ । झिनियाँ बनाउन तीन जना जनशक्ति आवश्यक पर्छ । एक दिनमा तीन जनाले ३० दर्जनसम्म झिनियाँ बनाउन सक्छन् ।

घरायसी कामबाट बचेको फुर्सदको समय सदुयोग हुनुका साथै झिनियाँ बेचेर भएको आम्दानीले घर व्यवहार चलाउन सजिलो भएको उद्यमीहरूले बताएका छन् । झिनियाँ बनाउने मेसिन, तालिम र सुरक्षित भण्डारणका लागि औँजार उपकरणको व्यवस्था भएमा सहज हुने उद्यमी हरिकुमार श्रेष्ठले बताए। 
 

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ६ : ५६ बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर