पोखरामा प्लाष्टिकका फूलमालाको बिक्री वितरण कम हुँदै « Khabarhub

पोखरामा प्लाष्टिकका फूलमालाको बिक्री वितरण कम हुँदै


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कास्की- पोखरा महानगरपालिकामा प्लाष्टिकका फूल–गुच्छा बिक्री वितरण कम हुँदै गएको छ । महानगरले चार वर्षअघिदेखि प्लाष्टिकका फूल बिक्री वितरणमा रोक लगाएकामा यसको कार्यान्वयन प्रभावकारी देखिएको हो । महानगरको उपभोक्ता हित संरक्षण तथा बजार अनुगमन समितिले बजारका विभिन्न पसलहरूमा गरेको अनुगमनका क्रममा केही पसलमा थोरै मात्रामा प्लाष्टिकका माला फेला परेपनि अधिकांशमा भेटिएको थिएन ।

महानगरका उपप्रमुख एवं अनुगमन समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा सहरका विभिन्न १० वटा पसलमा अनुगमन गरिएको थियो । प्लाष्टिकका माला फेला परेका पसलका व्यवसायीले समेत पुरानो खरिद रहेको र त्यो फूलमाला नबेच्ने भन्दै थन्क्याएका थिए ।

प्लाष्टिकका फूल बिक्री वितरणमा रोक लगाएको महानगरले तिहारलाई लक्षित गर्दै स्थानीय फूलको खरिद–बिक्री व्यवस्थापन स्थानीयस्तरमै मिलाएको छ । महानगरले किसान बजारमार्फत स्थानीय फूल बिक्रीको व्यवस्था गर्दै बिक्रीका लागि २५ ठाउँ तोकेको छ ।

उपप्रमुख गुरुङले प्लाष्टिकका फूल वितरण नगर्ने र स्थानीय फूलको प्रवद्र्धनको निर्णय कार्यान्वयन राम्रो भएको बताइन् । उनले विगतका वर्षहरूभन्दा यस वर्ष तिहारको समयमा कम प्लाष्टिकका फूलमाला बिक्री नभएको बताइन् । महानगरपालिकाले प्लाष्टिकजन्य फूलमाला बिक्री–वितरण नगर्न, नगराउन र वातावरणमा नकारात्मक असर पार्ने निषेधित प्लाष्टिकजन्य फूलको प्रयोग नगरी स्थानीय फूल प्रयोग गर्न आग्रह गरेको छ ।

महानगरले नगरवासीकै हित, वातावरणीय स्वच्छता र वास्तविक चाडमा विकृति नहोस् भनेर अनुगमनलाई समेत जोड दिएको छ । उपप्रमुख गुरुङले भनिन्, “महानगरले प्लाष्टिकका फूल–गुच्छा बिक्री वितरणमा गरेको निर्णय राम्रोसँग लागू भएको छ । महानगरले अनुगमनसमेत प्रभावकारी गरेको छ र अटेर गर्नेलाई कानुनी दायरामा ल्याएको छ । यसबाट पोखरामा स्थानीय फूलको उत्पादन र प्रयोग बढेको छ ।”

पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले अनुगमनका क्रममा झण्डै १०० वटा प्लाष्टिकका माला जफत गरिएको जानकारी दिए । उनका अनुसार विगतका वर्षहरूमा भन्दा यस वर्ष बजारमा कममात्रामा प्लाष्टिकका फूल र माला देखिएको र त्यसलाई बिक्री वितरण गर्नमा रोक लगाइएको छ ।

“आयातित फूलको विकल्पमा स्थानीय उत्पादनमा आत्मनिर्भर बन्ने अवस्था आएको छ । स्थानीय फूल उत्पादनका लागि महानगरकाले किसानलाई अनुदान समेत दिने गरेको छ”, कडरियाले भने । महानगरले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा ६ अनुसार प्लाष्टिकजन्य फूल–गुच्छाको बिक्री, वितरण वा भण्डारण निषेध गरेको र सोही ऐनको अधिकार प्रयोग गरी यस्ता प्लाष्टिकजन्य फूल–गुच्छाको बिक्रीवितरणमा रोक लगाउने भनी नेपाल राजपत्रमा प्रकाशित सूचना जारी गरेको थियो ।

सो निर्णयको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय उत्पादन प्रवद्र्धन नीतिअनुसार प्लाष्टिकजन्य फूलमाला बिक्री–वितरणमा रोक लगाएको हो ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ७ : ४४ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी