राजनीतिक दलहरुसँग प्रधानमन्त्रीले भनिन्: तोकिएकै समयमा चुनाव गराउन सरकार प्रतिबद्ध छ « Khabarhub

राजनीतिक दलहरुसँग प्रधानमन्त्रीले भनिन्: तोकिएकै समयमा चुनाव गराउन सरकार प्रतिबद्ध छ


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको मितिमै भयरहित वातावरणमा चुनाव सम्पन्न गराउने प्रतिबद्धता दोहोर्याएकी छन्। मंगलबार बालुवाटारमा राजनीतिक दलहरुसँग छलफल गर्ने क्रममा प्रधानमन्त्री कार्कीले उक्त प्रतिबद्धता दोहोर्याएकी हुन् ।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन सरकार कटिबद्ध छ। यसैका निमित्त मन्त्रीज्यूहरू, सुरक्षा निकायलगायत हामी सबै अहोरात्र खटिएका छौँ।’

राजनीतिक दलहरूसँग संवादमा ढिलाइ हुनुको कारण स्पष्ट गर्दै उनले भनिन्, ‘यसबीचमा घाइतेहरूको उपचार, सहिदका शव व्यवस्थापन, परिवारका लागि राहत तथा आन्दोलनकारी पक्षका आवाजको सुनुवाइ गर्नुपर्ने भयो, त्यसमा केही समय लाग्यो।’

उनका अनुसार सुरुवाती चरणमा ‘जेनजी’ युवा समूहले दलहरूसँग संवाद गर्न रुचि देखाएको थिएन। ‘राष्ट्रपतिज्यूबाट संवादको ढोका खोल्ने काम भएको छ। अब जेनजी र दलहरू बसौँ, जसरी हुन्छ स्थिति सामान्यीकरण गर्दै चुनावतिर जाऔँ,’ प्रधानमन्त्री कार्कीले भनिन्।

उनले सबै पक्षलाई आगामी निर्वाचनलाई सफल बनाउन आफ्नो–आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरिन्। ‘यहाँहरूले व्यक्त गर्नुभएका चिन्ता र चासो सम्बोधन गर्न सरकार तयार छ,’ प्रधानमन्त्री कार्कीले जोड दिइन्।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ८ : ४६ बजे

तेह्र वर्षमा १३ हजार बढी वन डढेलोका घटना अभिलेख

काठमाडौं– यही चैत १ देखि ७ गतेसम्म मुलुकभर वन डढेलो

चैत १२ देखि १४ सम्म देशभर एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज  

काठमाडौं– एमएडब्लु वृद्धिले इभी ब्रान्डहरु दिपल, अवतार, नामी र सेरेसलाई एउटै

म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना

म्याग्दी– गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष २४ पर्यटकीय

इरान–कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी

दोहा– मध्यपूर्वमा झन्डै तीन सातादेखि जारी युद्धले ऊर्जा सुरक्षामाथि गम्भीर

जुम्लामा एक हजार २७७ किशोरीलाई एचपीभी खोप दिने

जुम्ला– जिल्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको