रुस–युक्रेनबीच हवाई आक्रमण तीव्र, सात जनाको मृत्यु « Khabarhub

रुस–युक्रेनबीच हवाई आक्रमण तीव्र, सात जनाको मृत्यु


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

किएभ । रुस र युक्रेनबीच हवाई आक्रमण तीव्र बन्दै जाँदा शनिबार दुवै देशमा भएका आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको छ । युक्रेनमा रुसी आक्रमणबाट चार जनाको ज्यान गएको छ भने रुसमा युक्रेनी ड्रोन आक्रमणमा तीन जनाको मृत्यु भएको अधिकारीले जनाएका छन् ।

रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेको करिब साढे चार वर्ष बितिसक्दा पनि युद्ध जारी छ । अग्रमोर्चामा प्रगति सुस्त रहे पनि रुसले क्रुज तथा ब्यालिस्टिक मिसाइल, ग्लाइड बम र जेट–सञ्चालित ड्रोन प्रयोग गरी युक्रेनमाथि निरन्तर आक्रमण गरिरहेको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले हरेक दिन आफ्नो आक्रमणको दायरा र तीव्रता बढाइरहेको भन्दै अन्तरराष्ट्रिय समुदायलाई थप कडा प्रतिक्रिया जनाउन आग्रह गरेका छन्।

“यदि रुसले आफ्ना आक्रमणलाई अझ क्रूर बनाउने बाटो रोजेको छ भने युद्धलाई थप फैलिनबाट रोक्न विश्वले अझ दृढ कदम चाल्नुपर्छ”, उनले सामाजिक सञ्जालमार्फत बताए।

जेलेन्स्कीले किएभ, जापोरिजिया, ओडेसा, सुमी र खार्किभ क्षेत्रमा आवासीय भवनहरू लक्षित गरी आक्रमण गरिएको उल्लेख गरे ।

जापोरिजियाको क्षेत्रीय सैन्य प्रशासनका अनुसार ध्वस्त भएको घरको भग्नावशेषमा पुरिँदा दुई महिलाको मृत्यु भएको छ । यस्तै, सुमी सहरमा भएको अर्को रुसी आक्रमणमा दुई जनाको ज्यान गएको स्थानीय अधिकारीले बताएका छन् ।

युक्रेनी ड्रोनद्वारा रुसी रिफाइनरीमा आक्रमण

यसैबीच, युक्रेनले लामो दूरीका ड्रोनमार्फत रुसका तेल प्रशोधन केन्द्र (रिफाइनरी) तथा अन्य औद्योगिक प्रतिष्ठानहरूलाई निशाना बनाएको छ ।

स्थानीय अधिकारीका अनुसार दक्षिणी क्रास्नोदार क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

क्षेत्रीय गभर्नर भेनियामिन कोन्ड्रात्येभले टेलिग्राममार्फत दुई औद्योगिकस्थलमा आगलागी भएको जानकारी दिनुभएको छ । रुसी सञ्चारमाध्यमका अनुसार आक्रमणको मुख्य लक्ष्य स्थानीय तेल प्रशोधन केन्द्र थियो ।

यसअघि संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने क्रममा जेलेन्स्कीले विभिन्न देशहरूलाई रुसमाथि थप आर्थिक प्रतिबन्ध लगाई युद्ध सञ्चालनका लागि आवश्यक राजस्वमा रोक लगाउन आग्रह गर्नुभएको थियो । तर लामो समयदेखि जारी कूटनीतिक प्रयासका बाबजुद युद्ध अन्त्य हुने कुनै स्पष्ट सङ्केत देखिएको छैन ।

किएभमा ड्रोन आक्रमण, आगलागी र क्षति

शनिबार बिहान किएभ क्षेत्रमा भएको रुसी ड्रोन आक्रमणका कारण बोरिस्पिल जिल्लाको एउटा गोदाममा आगलागी भएको छ । उक्त घटनामा दुई जना घाइते भएका छन् ।

अधिकारीका अनुसार रुसी ड्रोनले राजधानी किएभका विभिन्न क्षेत्रमा पनि प्रहार गर्दा थप चार जना घाइते भएका छन् भने आवासीय र कार्यालय भवनहरूमा क्षति पुगेको छ ।

रुसको रक्षा मन्त्रालयले किएभमा गरिएको आक्रमणबाट मोबाइल इन्टरनेट सेवा तथा स्टारलिङ्क स्याटेलाइट सञ्चार प्रणालीलाई सहयोग पु¥याउने एक डाटा सेन्टरमा क्षति पुगेको दाबी गरेको छ ।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  ८ : ३७ बजे

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक

पहिरोका कारण म्याग्दीका १९ घरमा क्षति

म्याग्दी । पछिल्लो तीन दिनदेखिको निरन्तरको झरीका कारण म्याग्दीको जनजीवन