जेन-जीले उठाएका मागहरू शान्ति सम्झौताको मूल मर्मसँग मिल्छन् : प्रचण्ड « Khabarhub

जेन-जीले उठाएका मागहरू शान्ति सम्झौताको मूल मर्मसँग मिल्छन् : प्रचण्ड


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विस्तृत शान्ति सम्झौता १९ वर्ष पूरा भएको अवसरमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एक सन्देश सार्वजनिक गरेका छन् ।

तत्कालीन विद्रोही नेकपा माओवादीका अध्यक्ष दाहालले सहिद, बेपत्ता, घाइते र प्रभावित परिवारप्रति सन्देशमार्फत् सम्मान व्यक्त गरेका छन्।

सन्देशमा तत्कालीन माओवादी अध्यक्ष प्रचण्ड र तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबीच भएको सम्झौताले नेपालको राजनीतिक रूपान्तरणमा ऐतिहासिक योगदान गरेको उल्लेख गरिएको छ। सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपांग योद्धा तथा त्यांच्या परिवारप्रति कृतज्ञता व्यक्त गरिएको छ।

सन्देशमा प्रचण्डले शान्ति सम्झौताका प्रमुख हस्ताक्षरकर्तामध्ये एक गिरिजाप्रसाद कोइरालाप्रति विशेष सम्मान प्रकट गरेका छन्। सम्झौतालगत्तै सामन्तवादको अन्त्य, संघीयता, समावेशिता, धर्मनिरपेक्षता र लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण सम्भव भएको उनले बताएका छन् ।

सन्देशमा उनले जनयुद्धले उठान गरेका सामाजिक न्याय, सुशासन, आर्थिक समानता र समृद्धिका मुद्दा पूरा नभएसम्म शान्ति प्रक्रियाको सम्पूर्ण कार्यान्वयन अधूरै हुने उल्लेख गरेका छन् ।

नयाँ एकीकरण र ध्रुवीकरणबाट बनेको नेपाल कम्युनिस्ट पार्टीले सम्झौतामा आफ्नो स्वामित्व र जिम्मेवारी निर्वाह गर्दै बाँकी कार्यभार पूरा गर्ने प्रतिबद्धता पनि सन्देशमा व्यक्त गरिएको छ।

हालको ‘जेन–जी’ आन्दोलनले उठाइरहेका न्याय, जवाफदेहिता र परिवर्तनका माग शान्ति सम्झौताका मूल मर्मसँग मेल खाने सन्देशमा दाहालले उल्लेख गरेका छन् ।

युवाहरूको आकांक्षा सम्बोधन गर्न शासकीय संरचना, शासन सञ्चालन र संविधानमा आवश्यक परिमार्जन गर्नुपर्ने धारणा प्रस्तुत गरिएको छ।

सन्देश विगतको गम्भीर समीक्षा गर्दै वर्तमान समस्याहरू समाधान गर्न सबै पक्षले एकताबद्ध प्रयास गर्नुपर्ने विशेष अपिल दाहालले गरेका छन्।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  १२ : ०८ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा