कम्बोडियामा रात्री बस दुर्घटना, १६ जनाको मृत्यु « Khabarhub

कम्बोडियामा रात्री बस दुर्घटना, १६ जनाको मृत्यु


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कम्बोडियाको प्रमुख पर्यटकीय सहर सिम रिपबाट राजधानी नोम पेन्हतर्फ गइरहेको एक यात्रु बस बिहीबार बिहान मध्य प्रान्त कम्पोङ थोमस्थित पुलबाट नदीमा खस्दा कम्तीमा १६ जनाको दुःखद मृत्यु भएको अधिकारीहरूले बताएका छन् । दुर्घटनामा दुई दर्जनभन्दा बढी यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

क्षेत्रका उप प्रहरी प्रमुख सिभ सोभान्नाले बिहीबार राति उद्धारकार्य सकिएपछि मृतकको सङ्ख्या प्रारम्भिक १३ बाट बढेर १६ पुगेको बताए। बसमा करिब ४० जनाजति यात्रु सवार रहेको अनुमान गरिएको छ र सबैजना कम्बोडियाली नागरिक भएको अधिकारीहरूले पुष्टि गरेका छन् ।

सोभान्नाका अनुसार प्रारम्भिक अनुसन्धानले बसका चालक रात्रि समयमा सिम रिपबाट यात्रा थालेपछि निदाएर नियन्त्रण गुमाएको आशंका गरिएको छ । करिब साढे पाँच घण्टाको नियमित यात्रामा यस्तो घटना हुनु अत्यन्तै दुर्भाग्यपूर्ण रहेको उनले बताए। मृतकमध्ये चालक पनि समावेश छन् कि छैनन् भन्ने विषय खुलेको छैन ।

कम्बोडियामा सडक दुर्घटना मुलुककै गम्भीर समस्या मानिन्छ । सार्वजनिक निर्माण तथा यातायात मन्त्रालयका तथ्यांकअनुसार सन् २०२४ मा ट्राफिक दुर्घटनामा एक हजार ५०९ जनाले ज्यान गुमाएका थिए भने सन् २०२५ को पहिलो नौ महिनामै एक हजार ६२ जनाको मृत्यु भइसकेको छ । 

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  १२ : १४ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका