सिप भएर घरमा बसेका महिलालाई उद्यमी बनाउने नीति बनाउँछौँ : उपप्रमुख डङ्गोल « Khabarhub

सिप भएर घरमा बसेका महिलालाई उद्यमी बनाउने नीति बनाउँछौँ : उपप्रमुख डङ्गोल


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरपालिकामा बसोबास गर्ने हातमा केही न केही सिप भएका महिलाहरूले अब खाली बस्नु नपर्ने बताउँदै काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले महिला उद्यमशीलता सम्बन्धी नीतिगत प्रबन्ध गरिने बताएकी छन् । 

बिहीबार महानगरपालिकाको सभा कक्षमा सामाजिक विकास विभागले आयोजना गरेको महिला समूह, समिति र सशक्तीकरण विषयक अन्तरक्रियामा उनले यस्तो बताएकी हुन् । उद्यमशीलतासँग सम्बन्धित एक वडा एक नमूना कार्यक्रमले नतिजा प्रदान गर्न थालेको बताउँदै उनले महिला समूहहरूलाई पनि उद्यमी बनाउने आफ्नो लक्ष्य रहेको बताइन् । 

‘घरमै बसे पनि हातमा केही न केही सिप हुन सक्छ । कसैलाई मिठो खाना बनाउन आउँछ । कसैलाई कपडा सिलाउन आउँछ । कसैलाई सजावटका सामान बनाउन आउँछ । यो भनेको आय प्रदान गर्ने सिप हो । मैले के जानेको छु र भनेर नबस्नु ।’ उनले महिलाहरूलाई प्रोत्साहित गरिन् । 

महिला समितिबाट महिलाहरूको अवस्था (सुविधा, स्तर, पहुँच, समय बचत), अवस्थिति (स्वाभिमान, मर्यादा, आवाज र प्रभाव) र अभिकार्य (अग्रता, समर्पण र समाधान)मा सकारात्मक परिवर्तन आएको सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौलाको भनाइ छ ।

महानगरपालिकामा सामाजिक विकास विभागले २०७५ सालदेखि महिला विकास समूह र समितिको गठन थालेको हो । २०७८ सालमा सबै वडामा समूह गठन भइसकेका छन् । अहिले महानगरपालिकाभित्र ३५ वटा महिला विकास समिति छन् ।

यी समिति अन्तर्गत ५/५ जना रहेका अरु ६ सय वटा समूह छन् । समूहका सदस्यहरूले आपसी सल्लाह गरेर महिनाको निश्चित पैसा जम्मा गर्ने गरेका छन् । यसरी जम्मा गर्नेको रकम हेर्दा थोरैमा १ सय रुपियाँदेखि ५ सय रुपियाँसम्म जम्मा भएको देखिन्छ । यसरी जम्मा भएको पैसा हरेक २ वर्षमा व्याज सहित फिर्ता हुन्छ । 

महानगरभित्रका समूहमा अहिले ३ हजार १ जना सदस्य छन् । समूहहरूको हरेक महिना बैठक बस्ने गरेको छ । सामाजिक क्रियाकलाप तथा सिपमूलक तालिमबाट उनीहरू आय आर्जन समेत गर्छन् । यसरी गठन गरिएका समूहमा आबद्ध भएपछि महिलाहरू घर बाहिर आउन सक्छन् । महिला सशक्तीकरणको पहिलो पाइला यही नै हो । 

कार्यक्रममा सहभागी महिलाहरूले महानगरपालिकाले सहयोग गरेको अवस्थामा आफूहरू व्यवसाय दर्ता नै गरेर उद्यम सञ्चालन गर्न सक्षम भएको बताएका थिए ।

‘भाँडा माझ्ने साबुन, सरफ, हर्पिक, फिनेल जस्ता सामान किन्नै नपर्ने भएको छ । आफैँ उत्पादन गर्छौँ । हामी अन्य समितिमा गएर पनि अनुभव आदान प्रदान गर्छौँ । यसबाट हामी त उत्साहित छौँ ।’ उनीहरूले अनुभूति सुनाए  ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  १२ : ३५ बजे

‘भोलेन्टियर फोर्स’ घोषणाअघि एमालेको र्‍याली (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेले आज पार्टीमा नीति र नेतृत्वको सुरक्षाका लागि

चार महिनामा ४० करोडको फलफूल आयात

झापा– पूर्वीनाका काँकरभिट्टाबाट चार महिनाको अवधिमा रु ४० करोड ४४

सिजी ब्रान्ड द्वारा ‘दसैं–तिहार लक्की ड्र’ को दोस्रो विजेता घोषणा 

काठमाडौं– सिजीले दसैं-तिहार योजना’ अन्तर्गत ‘स्मल होम एप्लायन्सेस पाक्षिक लक्की

महेन्द्र राजमार्ग र त्रिभुवन राजपथका अतिक्रमित संरचना हटाउन १५ दिने अल्टिमेटम

काठमाडौं– महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ मिचेर बनाइएका संरचना हटाउन

एनआईसी एशिया बैंकको ‘एनआईसी एशिया शेयर ऋण’ योजना सार्वजनिक

काठमाडौं– ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने