महेन्द्र राजमार्ग र त्रिभुवन राजपथका अतिक्रमित संरचना हटाउन १५ दिने अल्टिमेटम « Khabarhub

महेन्द्र राजमार्ग र त्रिभुवन राजपथका अतिक्रमित संरचना हटाउन १५ दिने अल्टिमेटम


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ मिचेर बनाइएका संरचना हटाउन सडक डिभिजन मकवानपुरले जारी गर्‍यो १५ दिने अल्टिमेटम 

सडक डिभिजन कार्यालय मकवानपुरले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको जग्गा मिचेर बनाइएका अवैध संरचना हटाउन १५ दिने अल्टिमेटम जारी गरेको छ । 

शुक्रबार प्रकाशित सूचनामा हेटौँडा उप–महानगरपालिकाको रातोमाटे–बुद्धचोक–राप्ति पुल तथा बुद्धचोक–सामरी पुल बीचको क्षेत्रमा सडक मिचेर पक्की तथा अस्थाई संरचना खडा गरिएको छ । 

यस क्षेत्रका संरचना हटाउन विगतमा पनि पटक–पटक सूचना निकालिएको थियो । तर डिभिजनको सूचनालाई नमान्दै संरचना धनीले क्ष्ँतिपूर्ति माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

सोबारे २०७८ पुस १९ र २०८० असार १० गते परेका रिट सर्वोच्च अदालतले खारेज गरिसकेको छ । अदालतले नै अनधिकृत ठहर गरिसक्दा पनि ४ वर्षसम्म संरचना नहटाएपछि डिभिजनले पुनः १५ दिने अल्टिमेटमसहित जग्गा खाली गर्न अनुरोध गरेको हो । 

निर्धारित समयसम्म नहटाइएमा डिभिजनले बल प्रयोग गरी हटाउने र खर्च समेत असुलउपर गरिने चेतावनी दिइएको छ। 

सार्वजनिक सडक ऐन २०३१ अनुरूप दायाँ बायाँ २५-२५ मिटर सडक सीमा तोकिएको उल्लेख गर्दै स्वीकृति बिना सडक मिचेर संरचना निर्माण गर्न ऐनले नै प्रतिबन्ध लगाएको स्पष्ट पारेको छ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  १२ : ४९ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज