चार महिनामा ४० करोडको फलफूल आयात « Khabarhub

चार महिनामा ४० करोडको फलफूल आयात


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

झापा– पूर्वीनाका काँकरभिट्टाबाट चार महिनाको अवधिमा रु ४० करोड ४४ लाख ४५ हजार बराबरको फलफूल आयात भएको छ । चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो चार महिनामा सो मूल्य बराबरको स्याउ, केरा, सुन्तला, आँपलगायतका फलफूल आयात भएको हो । 

अघिल्लो आर्थिक २०८१-८२ को सोही अवधिमा उक्त नाका भएर २१ करोड ३५ लाख ५० हजारको फलफूल आयात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए । 

गत आवको तुलनामा चालु आवमा रु १९ करोड ८९ लाख पाँच हजार बढीको फलफूल आयात भएको छ । नेपालले भारत, बङ्लादेश, थाइल्यान्ड, अष्ट्रेलिया, मलेसिया, दक्षिण अफ्रिका, चीन, फिलिपिन्स, अमेरिका, कोरियालगायतका मुलुकबाट फलफूल आयात गर्ने गरेको छ । काँकरभिट्टा भएर नेपाल आयात हुने मुख्य १० वस्तुको तुलनात्मक विवरणअनुसार फलफूल पाँचौँ स्थानमा छ ।

चालु आव २०८२-८३ को कात्तिकमा लक्ष्यको तुलनामा राजस्व संकलन हुन नसकेको सूचना अधिकारी हुमागाईंले बताए। उनका अनुसार कात्तिकमा भन्सारले राजस्व संकलनको लक्ष्य एक अर्ब ६३ करोड, ९४ लाख ६१ हजार राखेको थियो । तर सो अवधिमा रु एक अर्ब ३० करोड ८१ लाख ८९ हजार संकलन भएको उनले जानकारी दिए । 

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  १२ : ५३ बजे

दोधारा चाँदनीमा बाघको डमरु मृत फेला

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र दोधारा चाँदनीमा बाघको

अब राहदानी छपाइसँगै वितरण साविकअनुसार

काठमाडौं – राहदानी विभागले राहदानी पुस्तिकाको आपूर्ति र छपाइसँगै राहदानीको

वीरेन्द्रनगरमा कोठाभित्र निस्सासिएर एक जनाको मृत्यु, दुई बेहोस

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीमा कोठामा निस्सासिएर एक जनाको

उत्साहपूर्वक मनाइयो इस्वी सम्वतकाे नयाँ वर्ष २०२६ को पहिलो दिन

काठमाडौं – विश्वभर धुमधामसाथ मनाइने इस्वी सन्को नयाँ वर्ष २०२६

सन् २०२५ मा तीन लाख विदेशी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी – सन् २०२५ मा अन्नपूर्ण क्षेत्रमा झण्डै तीन लाख