फेरि विद्रोह हुने भनेपछि प्रधानमन्त्रीलाई ओलीको जवाफ : अर्को विध्वंश मच्चाउने सपना देख्न छाड्नुस् « Khabarhub

फेरि विद्रोह हुने भनेपछि प्रधानमन्त्रीलाई ओलीको जवाफ : अर्को विध्वंश मच्चाउने सपना देख्न छाड्नुस्


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो सरकार असफल भए देशमा झन् ठूलो विद्रोह हुने भनेर प्रधानमन्त्री सुशीला कार्कीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

एमालेको स्वयम्सेवी दस्ता नेशनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणा कार्यक्रमलाई शुक्रबार काठमाडौंमा सम्बोधनका क्रममा ओलीले कार्कीको भनाइमा आपत्ति प्रकट गरेका हु्न् ।

दुई दिनअघि राजनीतिक दलका नेताहरूसँगको बैठकमा कार्कीले यो सरकार असफल भए देशमा झन् ठूलो विद्रोह हुने चेतावनी दिइरहेकोमा आपत्तिसहित ओलीले प्रतिप्रश्न गरेका हु्न् ।

‘देशमा थप विध्वंश मच्चाउने तपाईंको योजना हो कि सपना हो ?’ अध्यक्ष ओलीले प्रधानमन्त्री कार्कीलाई प्रश्न गरे, ‘तपाईंको योजना हो भने त्यो पूरा हुन दिइदैँन । यदि सपना देखेको भए यस्ता विध्वसंकारी सपना देख्न छोड्नुहोस ।’

उनले एनभीएफको घोषणा कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै राज्य संयन्त्रले मात्र जनता, जनधनको, औद्यागिक प्रतिष्ठान वा मिडिया हाउसको संरक्षण गर्न नसकेकोले स्वंयसेवी दस्ता बनाउनु परेको बताए।

‘यदि कसैले शान्ति भंग गर्न खोज्छ भने हामीले रोक्नु पर्दछ । आगजनी र तोडफोडको राक्षसी राज चलाउन खोजे यो फोर्सले रोक्नेछ’ अध्यक्ष ओलीले भने, ‘फोर्सले प्राकृतिक विपत्ति र जनताका समस्या समाधानमा काम गर्नेछ ।’

अध्यक्ष ओलीले फोर्स कसैको अहितका लागि नभएको स्पष्ट पारेका छन् । फोर्सले एमालेको मात्र होइन एमालेसँग असहमत राख्नेहरुको पनि सुरक्षा गर्ने उनले बताए ।

अध्यक्ष ओलीले जेन-जीका नाममा नक्कलीहरू खडा भएर विध्वंस मच्चाएको बताए । भदौ २३ गते पानी बाँड्ने नाममा खडा भएका स्वंसेवीहरू २४ गते तोफोड र आगजनीमा उत्रिएको बताए ।

‘हामीले गठन गरेको फोर्स यस्ता अराजकताबादी काम गर्दैन । यो कतैबाट पेइड भएर चलेको पनि होइन’, अध्यक्ष ओलीले भने, ‘यसले देशमा शान्ति र राजनीतिक स्थिरताका लागि काम गर्छ ।’

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ३ : ३० बजे

इरानमा युद्ध : किन बढेन सुनको भाउ ?

एजेन्सी – इरानमा युद्ध सुरु भएको १८ दिन पुगिसक्दा पनि

पर्यापर्यटनको केन्द्रका रूपमा विकास हुँदै ‘म्हाजु भञ्ज्याङ’

स्याङ्जा– आँधीखोला गाउँपालिका–१ मा अवस्थित ‘म्हाजु भञ्ज्याङ ’ पर्यटकको रोजाइमा

बालेन लहर हाम्रा लागि शिक्षा हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालको चुनावमा

चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन– चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी

बगदादस्थित अमेरिकी दूतावासमा फेरि आक्रमण

बगदाद – इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावास परिसरमा गएराति पुनः