विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने १ सय ७१ स्वास्थ्य संस्थाको सूची सार्वजनिक « Khabarhub

विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने १ सय ७१ स्वास्थ्य संस्थाको सूची सार्वजनिक


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणका लागि सूचिकृत १ सय ७१ वटा स्वास्थ्य संस्थाहरुको सूची सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले यी संस्थाहरू सूचीकरणको निर्णय गरेकी हुन् । मन्त्रालयका अनुसार कात्तिक ३० गते सूचीकरणको निर्णय भएको थियो ।

मन्त्रालयले यसअघि स्वास्थ्य परीक्षणसम्बन्धी नयाँ मापदण्ड लागू गरेको थियो । श्रमिकहरूको स्वास्थ्य परीक्षणलाई वैज्ञानिक बनाउन डा. दिपेन्द्ररमण सिंहको संयोजकत्वमा कार्यदल गठन भएको थियो । उक्त विशेषज्ञ समितिको सिफारिसका आधारमा नयाँ मापदण्ड लागू गर्दै स्वास्थ्य परीक्षण शुल्क समेत बढाएको थियो ।

भिडिओ एक्सरे, मधुमेह, फोक्सो सम्बन्धी परीक्षण, कान सुन्ने, नसुन्ने लगायत परीक्षण शीर्षक थपिएसँगै शूल्क बढेको मन्त्रालयले जनाएको छ । सोही नयाँ मापदण्डअनुसार संस्थाहरू सञ्चालन भएका छन् कि छैनन् भनेर मन्त्रालयले अनुगमन गरेको र मापदण्ड नपुगेका २९ संस्था पुरानो सूचीबाट हटाइएको उल्लेख छ । मन्त्रालयले २०० संस्था अनुगमन गरेको हो ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ५ : १९ बजे

हर्क साम्पाङ श्रमदानका लागि दार्चुला हिँडे– ‘विदेशी ऋण लिइँदैन, देश आफैँ बनाइन्छ’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपीएलमा टिम डेभिडको जादू : १५ औँ ओभरमा ब्याटिङ गर्न गएर २५ बलमा ७० रन ?

काठमाडौँ – आईपीएलमा चेन्नईविरुद्ध बेङ्गलोरुका ब्याट्सम्यानले आइतबार राति जादु देखाए

थोरै पानीले धेरै सिँचाइ गर्ने ‘काचाल्का’ प्रविधि

चितवन– कृषिलाई व्यावसायिक बनाइ कम लागतमा बढी उत्पादन सुनिश्चित गर्नु

आईपीएलमा बेङ्गलोरुले दियो २५१ रनको विशाल लक्ष्यः चेन्नाई ४३ रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ११ औँ