दोधारा चाँदनीमा आठ करोडको लागतमा ‘लिफ्ट सिँचाइ’ « Khabarhub

दोधारा चाँदनीमा आठ करोडको लागतमा ‘लिफ्ट सिँचाइ’


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी- यहाँको दोधारा–चाँदनी नगरपालिकास्थित कञ्जभोजमा लिफ्ट सिँचाइ योजनाको काम अन्तिम चरणमा पुगेको छ । महाकाली सिँचाइ तेस्रो चरणको आयोजना कार्यालयले आठ करोड नौ लाख रुपैयाँको लागतमा लिफ्ट सिँचाइ निर्माण गरिरहेको छ । 

आयोजना प्रमुख योगेन्द्र मिश्रले सिँचाइबाट दोधारा–चाँदनीको दुई सय हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुने जानकारी दिए । 

‘ठेक्का सम्झौताअनुसार आगामी चैत मसान्तभित्र काम सम्पन्न गरिसक्नुपर्ने भए पनि हामीले द्रूत गतिमा काम गरिरहेका छौँ । यही गतिमा काम भएमा  डेढ/दुई महिनाभित्र पानी सञ्चालन हुने अवस्थामा पुग्छौँ’, उनले भने, ‘यसबाट दोधारा–चाँदनीमा २०० हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुनेछ ।’

विसं २०७९ मङ्सिरमा निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । ५६ दशमलव ८५ वर्गकिलोमिटर क्षेत्रफल रहेको दोधारा–चाँदनीमा तीन हजार ६०० हेक्टरमा खेती हुँदै आएको छ । सबै ठाउँमा सिँचाइ सुविधा नहुँदा यहाँका किसान समस्यामा पर्दै आएका छन् ।  

किसानले प्रतिघण्टा २०० रुपैयाँ तिरेर मोटरबाट सिँचाइ गर्दै आएका स्थानीय सीता सुनारले बताइन् । ‘सिँचाइ नहुँदा खेती गर्न निकै समस्या हुँदै आएको छ । अब आयोजना सञ्चालनमा आए धेरै सहयोग पुग्ने छ’, उनले भनिन् । 

महाकाली सिँचाइ तेस्रो चरणको आयोजनाले महाकाली सिँचाइ मूल नहर निर्माणबाहेक लिफ्ट सिँचाइ र बोरिङबाट सिँचाइ सुविधा उपलब्ध गराउँदै आएको छ । 

आर्थिक वर्ष २०६३/०६४ देखि सुरु भएको तेस्रो चरणको आयोजना टनकपुरदेखि कैलालीको गोदावरीसम्म ४८ किलोमिटर मूल नहर निर्माण गर्ने भनिए पनि २८ किमी मात्र निर्माण सम्पन्न भएको छ । बाँकी २० किलोमिटर नहर निर्माणको काम भइरहेको छ । 

निर्माण सम्पन्न भएको २८ किलोमिटर मूल नहरबाट सिँचाइका लागि २२ वटा शाखा नहर निर्माणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ । 

आयोजना कार्यालयका अनुसार निर्माण भएको नहरबाट चार हजार हेक्टर जमिनमा सिँचाइ उपलब्ध गराउने गरी संरचना तयार भए पनि भारतीय पक्षले टनकपुरबाट पानी नछोड्दा समस्या भइरहेको छ ।

विसं २०८७ सम्म कैलालीको मालाखेतीसम्म मूल नहरसहित १५१ किलोमिटर नहर निर्माण सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ । जसबाट कैलाली र कञ्चनपुरको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ । 

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ५ : ५० बजे

एसएसपीदेखि एआईजीसम्मका १५ उच्च प्रहरी अधिकृतलाई तराई-मधेशमा पठाइयो 

काठमाडौं– तराई–मधेशमा पछिल्ला दिनमा विकसित सुरक्षा अवस्थाको मूल्यांकन गर्दै नेपाल

प्रधानमन्त्रीलाई मधेशवादी दलका नेताले सोधे : चार दिनसम्म के हेरेर बस्नुभयो ? 

काठमाडौं– मधेशवादी दलहरूसँग छलफल गरेका प्रधानमन्त्री वालेन्द्र शाह प्रश्नले घेरिएका

कर्फ्युपछि मधेशका केही जिल्लामा अवस्था शान्त

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको विरोधमा प्रदर्शनपछि स्थानीय

मध्यपूर्वमा द्वन्द्व फैलिएपछि १६ जना भारतीय नागरिकको मृत्यु

एएनआई– मध्य पूर्वमा द्वन्द्व सुरु भए देखि यस क्षेत्रमा जारी

पशु चौपायमा कृत्रिम गर्भाधान 

चितवन– जिल्लाका ७० हजार २०६ पशु चौपायमा कृत्रिम गर्भाधान गराइएको छ