काठमाडौंमा ‘जेन-जी’ प्रदर्शनका घाइतेको वर्गीकरण सुरु « Khabarhub

काठमाडौंमा ‘जेन-जी’ प्रदर्शनका घाइतेको वर्गीकरण सुरु


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले ‘जेन-जी’ प्रदर्शनमा घाइते भएकाहरूको वर्गीकरण सुरु गरेको छ । आज राष्ट्रिय ट्रमा सेन्टरमा प्रदर्शनका घाइतेको चोटपटकको गम्भीरताअनुसार वर्गीकरण सुरु गरिएको हो । 

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले यथाशक्य घाइतेहरूको छिटो वर्गीकरण गरेर स्वास्थ्य मन्त्रालयमा सिफारिसका लागि पठाइने जानकारी गराए ।

उनले भने, ‘हामी पारदर्शी ढङ्गले नै घाइतेको वर्गीकरण गर्छौँ । सरकारको नीतिअनुसार हामीले काम गरिरहेका छौँ, यहीअनुसार घाइते भएका ७७ वटै जिल्लामा घाइतेको वर्गीकरण गरेमा सरकारलाई सहज रूपमा विवरण प्राप्त हुनेछ ।’

प्रमुख जिल्ला अधिकारी पौडेलले अस्पतालमा उपचाररत घाइतेलाई अस्पताल पुगेर वर्गीकरण गर्ने र सिफारिस गरेर पठाउने जानकारी गराए ।

‘वर्गीकरण लागि आउन नसक्नेलाई अस्पतालले एम्बुलेन्सको व्यवस्था गरेर सहजीकरण गरेको छ । धेरै जना सम्पर्कमा आइसकेकाले सम्भवतः एक हप्ताभित्र परिचयपत्र वितरणको काम सक्छौँ ।’

वर्गीकरणका लागि घाइते परिचयपत्र बोकेर करिब १०० जना घाइते ‘जेन-जी’ हरू ट्रमा सेन्टरमा पुगेका थिए ।

सरकारले ‘जेन-जी’ प्रदर्शनका घाइतेको वर्गीकरणसम्बन्धी कार्यविधि २०८२ जारी गरिसकेको छ । घाइतेलाई अति गम्भीर, गम्भीर, मध्यम र सामान्य घाइते गरी चार प्रकारमा वर्गीकरण गर्ने भनिएको छ ।

घाइतेमध्ये चोटपटकका आधारमा अति गम्भीरलाई २३, गम्भीरलाई २१, मध्यम घाइतेलाई २३ र सामान्य घाइतेलाई ११ प्रकारका चोटपटकका आधारमा छुट्टाउने गरिएको छ । वर्गीकरणका आधारमा परिचयपत्र उपलब्ध गराई सोहीअनुसारको सुविधा उपलब्ध गराउने सरकारको नीति छ । रासस
 

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ५ : ५२ बजे

घुससहित भन्सार अधिकृत पक्राउ

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक

काठमाडौँ महानगरलाई निर्वाचन आयोगले किन सोध्यो स्पष्टीकरण ?

काठमाडौं- निर्वाचन आयोगले काठमाडौं महानगरपालिकालाई स्पष्टीकरण सोधेको छ । आयोगले

ओलीका चुनावी कमाण्डर दाहालले भने : यो निर्वाचन देश जलाउने र बनाउने बीचको हो

गौरीगञ्ज – नेकपा एमालेका केन्द्रिय सदस्य तथा झापा निर्वाचन क्षेत्र

संसद् पुनःस्थापना हुँदैन, चुनाव हुन्छ : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले ‘फागुन २१ गते

प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक, कुनले कति कमाए ?

काठमाडौं – चलचित्र विकास बोर्डले प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण