काठमाडौंमा ‘जेन-जी’ प्रदर्शनका घाइतेको वर्गीकरण सुरु « Khabarhub

काठमाडौंमा ‘जेन-जी’ प्रदर्शनका घाइतेको वर्गीकरण सुरु


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले ‘जेन-जी’ प्रदर्शनमा घाइते भएकाहरूको वर्गीकरण सुरु गरेको छ । आज राष्ट्रिय ट्रमा सेन्टरमा प्रदर्शनका घाइतेको चोटपटकको गम्भीरताअनुसार वर्गीकरण सुरु गरिएको हो । 

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले यथाशक्य घाइतेहरूको छिटो वर्गीकरण गरेर स्वास्थ्य मन्त्रालयमा सिफारिसका लागि पठाइने जानकारी गराए ।

उनले भने, ‘हामी पारदर्शी ढङ्गले नै घाइतेको वर्गीकरण गर्छौँ । सरकारको नीतिअनुसार हामीले काम गरिरहेका छौँ, यहीअनुसार घाइते भएका ७७ वटै जिल्लामा घाइतेको वर्गीकरण गरेमा सरकारलाई सहज रूपमा विवरण प्राप्त हुनेछ ।’

प्रमुख जिल्ला अधिकारी पौडेलले अस्पतालमा उपचाररत घाइतेलाई अस्पताल पुगेर वर्गीकरण गर्ने र सिफारिस गरेर पठाउने जानकारी गराए ।

‘वर्गीकरण लागि आउन नसक्नेलाई अस्पतालले एम्बुलेन्सको व्यवस्था गरेर सहजीकरण गरेको छ । धेरै जना सम्पर्कमा आइसकेकाले सम्भवतः एक हप्ताभित्र परिचयपत्र वितरणको काम सक्छौँ ।’

वर्गीकरणका लागि घाइते परिचयपत्र बोकेर करिब १०० जना घाइते ‘जेन-जी’ हरू ट्रमा सेन्टरमा पुगेका थिए ।

सरकारले ‘जेन-जी’ प्रदर्शनका घाइतेको वर्गीकरणसम्बन्धी कार्यविधि २०८२ जारी गरिसकेको छ । घाइतेलाई अति गम्भीर, गम्भीर, मध्यम र सामान्य घाइते गरी चार प्रकारमा वर्गीकरण गर्ने भनिएको छ ।

घाइतेमध्ये चोटपटकका आधारमा अति गम्भीरलाई २३, गम्भीरलाई २१, मध्यम घाइतेलाई २३ र सामान्य घाइतेलाई ११ प्रकारका चोटपटकका आधारमा छुट्टाउने गरिएको छ । वर्गीकरणका आधारमा परिचयपत्र उपलब्ध गराई सोहीअनुसारको सुविधा उपलब्ध गराउने सरकारको नीति छ । रासस
 

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ५ : ५२ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको