कांग्रेसले शान्तिको भावनालाई आचारसंहिता बनाउनुपर्नेमा जोड « Khabarhub

कांग्रेसले शान्तिको भावनालाई आचारसंहिता बनाउनुपर्नेमा जोड


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले शान्तिको भावनालाई आचारसंहिता बनाउनुपर्नेमा जोड दिइएको छ । नेपाली लेखक सङ्घले आज कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ११ बुँदे ज्ञापनपत्र बुझाउँदै कांग्रेसलाई परिश्रमी, मितव्ययीता, आत्मानुशासन, इमानदारिता कार्यान्वयन गर्ने पार्टीका रूपमा विकास गर्नुपर्ने माग गरिएको हो । 

सङ्घमा आबद्ध साहित्यकार तथा लेखकका तर्फबाट बुझाइएको ज्ञापनपत्रमा कांग्रेसले लिनुपर्ने नीति र नेता कार्यकर्ताले पालना गर्नुपर्ने आचारसंहिताको प्रस्ताव गरिएको हो । 

साथै संविधानसभाबाट २०७२ सालमा जारी भएको नेपालको संविधान परिमार्जनसहित लागू गरेर यसको आयु बढाउन पनि सुझाव दिइएको सङ्घका सचिव नारायण सापकोटाले जानकारी दिए । सङ्घले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गरेर लैजान पनि सुझाव दिएको उनले बताए ।

सङ्घले अध्ययन र अनुसन्धानलाई अनिवार्य सर्तका रूपमा अघि बढाउँदै बौद्धिक क्षेत्रलाई राजनीतिक प्रभावबाट बाहिर राख्न सुझाव दिएको छ । 

‘अध्ययन, अनुसन्धान, नवप्रवर्तन र वैज्ञानिक खोजमा ध्यान दिएर अगाडि बढ्नुपर्ने, देशमा पर्याप्त सङ्ख्यामा बौद्धिक, अनुसन्धानकर्ता, वैज्ञानिक तथा कृषि वैज्ञानिक निर्माण गर्नुपर्ने जरुरी छ’, सुझावमा भनिएको छ, ‘प्राज्ञिक, बौद्धिक, न्यायिक र प्रशासनिक क्षेत्र राजनीतिक हस्तक्षेपबाट मुक्त हुनुपर्छ ।’

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ५ : ५३ बजे

भोटेकोशी बाढीले बगाएका नौ शव तनहुँमा भेटिए

दमौली : रसुवामा बुधबार आएको बाढीले बगाएर ल्याएका नौ वटा

भोटेकोशी-त्रिशूली वितन्‍डाको समयक्रमः तिब्बतमा बाढी पसेपछि नेपालमा भूकम्प, अरु के के भयो ?

काठमाडौँ – जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गतको जलविज्ञान तथा

आज २०८३ साल भदौ ११ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ११ गते बिहीबार सन् २०२६

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी