कांग्रेसले शान्तिको भावनालाई आचारसंहिता बनाउनुपर्नेमा जोड « Khabarhub

कांग्रेसले शान्तिको भावनालाई आचारसंहिता बनाउनुपर्नेमा जोड


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले शान्तिको भावनालाई आचारसंहिता बनाउनुपर्नेमा जोड दिइएको छ । नेपाली लेखक सङ्घले आज कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ११ बुँदे ज्ञापनपत्र बुझाउँदै कांग्रेसलाई परिश्रमी, मितव्ययीता, आत्मानुशासन, इमानदारिता कार्यान्वयन गर्ने पार्टीका रूपमा विकास गर्नुपर्ने माग गरिएको हो । 

सङ्घमा आबद्ध साहित्यकार तथा लेखकका तर्फबाट बुझाइएको ज्ञापनपत्रमा कांग्रेसले लिनुपर्ने नीति र नेता कार्यकर्ताले पालना गर्नुपर्ने आचारसंहिताको प्रस्ताव गरिएको हो । 

साथै संविधानसभाबाट २०७२ सालमा जारी भएको नेपालको संविधान परिमार्जनसहित लागू गरेर यसको आयु बढाउन पनि सुझाव दिइएको सङ्घका सचिव नारायण सापकोटाले जानकारी दिए । सङ्घले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गरेर लैजान पनि सुझाव दिएको उनले बताए ।

सङ्घले अध्ययन र अनुसन्धानलाई अनिवार्य सर्तका रूपमा अघि बढाउँदै बौद्धिक क्षेत्रलाई राजनीतिक प्रभावबाट बाहिर राख्न सुझाव दिएको छ । 

‘अध्ययन, अनुसन्धान, नवप्रवर्तन र वैज्ञानिक खोजमा ध्यान दिएर अगाडि बढ्नुपर्ने, देशमा पर्याप्त सङ्ख्यामा बौद्धिक, अनुसन्धानकर्ता, वैज्ञानिक तथा कृषि वैज्ञानिक निर्माण गर्नुपर्ने जरुरी छ’, सुझावमा भनिएको छ, ‘प्राज्ञिक, बौद्धिक, न्यायिक र प्रशासनिक क्षेत्र राजनीतिक हस्तक्षेपबाट मुक्त हुनुपर्छ ।’

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ५ : ५३ बजे

भोजपुरमा ८७ मतदानस्थल र १५५ केन्द्र सिफारिस

टक्सार– आगामी फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सुदूरपश्चिमविरुद्ध फितलो बलिङले एनपीएलमा पोखराको लगातार दोस्रो हार

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको खेलमा

पोखरा र सुदूरपश्चिमबीचको खेलमा दर्शक खचाखच (तस्बिरहरू)

काठमाडौं– दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार एउटा खेल

उच्च अदालत पाटनले दियो उद्योगीको पक्षमा अन्तरिम आदेश

ललितपुर– पाटन उच्च अदालतले डेडिकेटेड र ट्रंक लाइनसम्बन्धी बक्यौता विवादमा

एनपीएल-२ मा दोस्रो अर्धशतक बनाएर पोखराका कप्तान भुर्तेल आउट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ अन्तर्गतको शुक्रबारको खेलमा सुदूरपश्चिम