ब्याटिङ थोरै उकासेर पोखराका जेम्स निशम आउट « Khabarhub

ब्याटिङ थोरै उकासेर पोखराका जेम्स निशम आउट


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध संकटउन्मुख भएको ब्याटिङ उकासेर पोखरा एभेन्जर्सका ब्याटर जेम्स निशम आउट भएका छन् ।

निशम ११ ओभरको तेस्रो बलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको बलमा बोल्ड भएका हुन् । उनले २५ बलमा २ चौका र ५ छक्काको सहयोगमा ४७ रन जोडे ।

तेस्रो विकेट झरेपछि निशम क्रिजमा आएका थिए । उनी क्रिजमा आउँदा पोखरा तीन विकेटको क्षतिमा २० रनको अवस्थामा थियो । निशम आउट हुँदा पोखरा ९५ रनको अवस्थामा पुगेको हो ।

यो अवस्थामा पोखरालाई पुर्‍याउन कुशल भुर्तेले ३१ रन जोडेका छन् । उनी अझै क्रिजमा नै छन् । कुशलले अहिले पोखराको ब्याटिङ उकास्ने प्रयास गरिहेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ७ : १३ बजे

रास्वपाबाट निकालिएको तीन वर्षपछि ढाकाकुमार हर्कको श्रम संस्कृतितिर

काठमाडौं- घुस काण्डमा मुछिएर रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट २०७९

खुम्बु ल्होसार कप-२०२६ माघ २४ गतेदेखि सुरु हुने

काठमाडौं– शेर्पा समुदायको सबैभन्दा ठूलो तथा प्रतिष्ठित फुटबल प्रतियोगिता खुम्बु

अमेरिकी धम्कीपछि क्युबालाई समर्थन गर्ने चीनको वाचा

एजेन्सी– केही हप्ताअघि भेनेजुएलामा हवानाका सहयोगी निकोलस मदुरोलाई हटाएको संयुक्त

दल र उम्मेदवारले बैंकिङ प्रणालीबाट कारोबार गर्नुपर्ने

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा

संसद् भवन जलाउनेलाई रास्वपाको टिकट, तनुजाको कटाक्ष- राष्ट्रको सम्पत्ति विध्वंश गर्नेको राम्रै मूल्यांकन भएछ

काठमाडौं- जेन–जी आन्दोलनकी अगुवा तनुजा पाण्डेले सामाजिक सञ्जाल फेसबुकमार्फत् जेन–जी