एमालेबारे जेन-जीले प्रधानमन्त्रीलाई भने : प्रतिक्रान्ति गर्न दमनकारी सल्बलाए, नियन्त्रण गर्नुस् « Khabarhub

एमालेबारे जेन-जीले प्रधानमन्त्रीलाई भने : प्रतिक्रान्ति गर्न दमनकारी सल्बलाए, नियन्त्रण गर्नुस्


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार जेन-जी आन्दोलनकारी, सहिद परिवार र घाइतेका तीनवटा समूहसँग छलफल गरेकी छन्।

सिंहदरबारमा भएको छलफलका क्रममा तीनवटै समूहले तत्काल सरकार र आन्दोलनकारीबीच सम्झौतामा हस्ताक्षर हुनुपर्ने अडान राखेका छन् ।

उनीहरूले भदौ २३ र २४ गते भएको आन्दोलनका दमनकारीमाथि कारबाहीमा ढिलाइ गर्न नहुने, प्रतिक्रान्ति गर्न दमनकारीहरू सल्बलाएकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने विषय जोडतोडले उठाए।

पछिल्लो समय नेकपा एमालेले सहरदेखि गाउँसम्म आफूलाई सक्रिय बनाएपछि जेन-जीहरू आक्रोशित भएका छन् । एमालेको सक्रियता बढ्दा बाराको सिमरामा ठूलो तनाव भएको छ।

यता एमालेले शुक्रबार पनि ठूलो प्रदर्शन गरेको छ। एमालेले शनिबार पनि काठमाडौंमा अर्को प्रदर्शन तयारी गरेको छ । जेन-जी आन्दोलनका क्रममा सरकारको नेतृत्व गरेको एमालेको सक्रियताले जेन-जीहरू तनावमा देखिएका छन् ।

प्रधानमन्त्री कार्कीले सम्झौताको तयारी अन्तिम चरणमा पुगेको र राष्ट्रपतिसँग सल्लाह गरी निष्कर्षमा पुग्ने बताएकी छन् ।

जेन-जी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जान नसक्ने भएकाले माग पूरा हुनेमा ढुक्न रहन पनि उनले बताइन्।

कतिपय विषयमा सरकारको संवैधानिक र कानुनी सीमा पनि ख्याल गरिदिन उनले आग्रह गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले चुनावमा भाग लिन आवश्यक तयारी गर्न र जनादेश प्राप्त गरी शान्तिपूर्ण बाटोबाट आमूल परिवर्तनको नेतृत्व लिन पनि उनीहरूलाई सुझाव दिएकी छन्।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ८ : ०८ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको