लाप्राकमा केन्द्रीय प्रशारण लाइनको बिजुली « Khabarhub

लाप्राकमा केन्द्रीय प्रशारण लाइनको बिजुली


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

गोरखा– प्रशारण लाइन बिस्तार भएको करिव चार बर्षपछि लाप्राकमा केन्द्रीय प्रशारण लाइनको बिजुली बलेको छ। धार्चे गाउँपालिका वडा नम्वर ४ मा पर्ने उक्त बस्तीमा बिहीबारबाट विद्युत प्रशारण गरिएको नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले जनाएको छ।

‘आज वडा कार्यालयमा मिटर बक्स जडान गरेर बिजुली बाल्यौ,’ कार्यालय प्रमुख चीजबहादुर गुरुङले भने, ‘बस्तीका घरधुरीमा मिटर जडानको काम भइरहेको छ।’ बक्स जडान भएसँगै घरघरमा बिजुली बल्ने उनले बताए। उनका अनुसार पहिलो चरणमा ६० घरधुरीमा मिटर बक्स जडान हुनेछन्। जडानका लागि दुई जना प्राविधिक खटाइएको छ। निवेदनको आधारमा मिटर बक्स जडान गर्न लागिएको जानकारी गराउँदै उनले भने, ‘बिहिबारसम्म ८० वटा निवेदन परेका छन्, बाँकी संकलन हुदैछ ।’

भूकम्पपछि गुप्सीपाखामा निर्माण भएको एकीकृत नमूनाबस्ती र लाप्राकको पुरानो गाउँका सबै घरधुरीमा मिटर जडान गरिने उनले बताए। लाप्राकको पुरानो बस्तीमा मात्रै करिव ६ सय घुरधुरी छन्।

करिव चार बर्षअघि नै ११ केभी क्षमताको लाइन बिस्तार भएको लाप्राकमा विद्युत प्रवाह भने भएको थिएन। आवश्यक मर्मतसहित वितरण लाइन निर्माणको काम सम्पन्न गरेर बिहिबारबाट विद्युत प्रवाह गरिएको कार्यालय प्रमुख गुरुङले बता ।

सिरानचोक गाउँपालिका–२ थालाजुङको ठुलस्वाँरास्थित सवस्टेशनबाट विद्युत प्रवाह गरिएको उनले जानकारी दिए। विद्युत प्रवाहका लागि तीन वटा ट्रान्सफर्मर राखिएको छ। गुप्सीपाखामा १०० केभिए क्षमताको एउटा र पुरानो बस्तीमा ५०/५० केभिए क्षमताको दुई वटा ट्रान्सफर्मर राखिएको उनले बताए। हाल लाप्राकीले लघु जलविद्युतबाट बिजुली बाल्दै आएका छन्। २० र २६ किलोवाटको दुई वटा लघुजलविद्युत भएपनि पावर नपुग्ने स्थानीयको गुनासो छ।

अवका दिनमा समस्या नहुने विद्युत प्राधिकरणले जनाएको छ। ‘लघुजलविद्युतबाट बिजुली बाल्दा साँझ परेपछि पावर नपुग्ने, मोबाइल चार्ज गर्न पनि समस्या पर्ने, वाइफाइ नचल्ने जस्ता समस्या थियो, अब केन्द्रीय लाइनको बिजुली बालेपछि त्यो समस्या आउदैन,’ गोरखा वितरण केन्द्र प्रमुख गुरुङले भने। प्राधिकरणका गण्डकी प्रादेशिक कार्यालय प्रमुख बिक्रमकुमार अमात्य र वडाध्यक्ष किसान गुरुङले संयुक्त रुपमा वडा कार्यालयमा बिजुली बालेर केन्द्रीय प्रशारण लाइनको उद्घाटन गरेका छन्।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ९ : ३१ बजे

तनहुँमा मिनी बसको ठक्करबाट वृद्धको मृत्यु

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा मिनी बसको ठक्ककरबाट

एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा

म्याग्दीको धवलागिरिमा धमाधम योजना कार्यान्वयन

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा

एसइईमा कामपाका ७६.७५ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’

काठमाडाैं – काठमाडाैं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमध्ये चार वटा शत्प्रतिशत नतिजासहित

युद्ध क्षेत्रको दायरा विस्तार गरेको इरानी सेनाको दाबी

तेहरान – इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी)ले रणनीतिक रूपमा